Home / ट्रेन्डिङ्ग / दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/
दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० का किसानले पालेको पशुमा पछिल्लो दुई साता यता खोरेत रेगको संक्रमण देखिएको हो । खोरेत रोगले त्यस क्षेत्रका १ सय बढी पशुमा संक्रमण भेटिएको छ ।
दमक–१० को सेतुमारी वगर टोल, सेतुमारी, जदाहासंगै कमल गाउँपालिका–७ को कालीटोलीमा किसानले पालेका १ सय ४० बढी पशुमा खोरेतको संक्रमण भएको पाईएको स्थानीय रमेश खत्रीले बताउनुभयो । खत्रीका अनुसार खोरेतले पशुले अहारा नखाने, ¥याल चुहाउने, घाँउखटिरा आउने जस्तो लक्षण देखिएको छ । किसानले पालेका राँगा, भैसी, गाईगोरुमा त्यस्तो संक्रमण फैलिदै गएको अर्का स्थानीय श्याम धिमालले बताउनुभयो ।
खोरेत रोगको संक्रमण बढ्दै गएपछि स्थानीय किसानहरुले दमक नगरपालिकाको पशु शाखासंग रोग नियन्त्रण गर्न माग समेत गरेको धिमालले बताउनुभयो ।
यता, खोरेत प्रकोप क्षेत्रमा देखिएको रोगका बारेमा आफुहरुलाई कुनै जानकारी नै नआएको दमक नगरपालीकाको पशु शाखाले जनाएको छ । दमकको दक्षिणी क्षेत्रमा फैलिएको खोरेत रोगको बारेमा बुभ्mने वताउदै शाखा प्रमुख गणेश श्रेष्ठले खोरेतको अवस्था बुझेर थप कार्य अगाडी बढाउने बताउनु भयो ।
x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...