Home / ताजा समाचार / कमल ५ स्थित लगनशील कृषि सहकारी संस्थाको ११ औ वर्षिक साधारण सभा सम्पन्न

कमल ५ स्थित लगनशील कृषि सहकारी संस्थाको ११ औ वर्षिक साधारण सभा सम्पन्न

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५

झापाको कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाले  विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ११ औ वर्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारणसभामा उत्कृष्ट पशुपालक,उत्कृष्ट उत्पादक र सफल कृषकलाई सम्मान  गरिएको थियो l  सम्मानित हरुलाई  गाउँपालिका कृषिविकास शाखाका प्रमुख खिर बहादुर श्रेण्ठले नगद सहित सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो  ।

त्यसैगरी सस्थाले जेष्ठ नागरीक ,जेष्ठ किसान , उत्कृष्ट  ऋणी र संस्थामा राम्रो कारोबार गर्ने सदस्यहरुलाई समेत सम्मान गरेको छ ।सम्मानितहरुलाई   प्रमुख अतिथी जिल्ला सहकारी संघ  झापाका अध्यक्ष गणेश ढकाल र बिशेष अतिथि मेचि सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले नगद सहिद प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो  ।

कार्यक्रम संस्थाका अध्यक्ष नरेन्द्र बहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको थियो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...