Home / खेलकुद़़ / दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यूनियनले बडा दशैंको उपलक्ष्यका अवसर पारेर जिल्लाको माइपश्चिम क्षेत्रमा रहेका मिडिया हाउसहरुको सहभागीता रहने गरी पहिलोपटक ‘मिडिया कप फुटसल’ प्रतियोगिता गर्न लागिएको यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले जानकारी दिनुभयो  ।

यूनियनको गौरादहमा शनिबार बसेको कार्यसमितिको वैठकले औपचारिक रुपमा फुटसल आयोजना गर्ने निर्णय गरेको हो । फुटसल दमक–९ स्थित फुटसलको खेल मैदानमा हुने जनाईएको छ ।

प्रतियोगितामा माइपश्चिमका एक दर्जन मिडीया हाउसको सहभागिता रहने अध्यक्ष सुब्बाले बताउनु भयो । सुब्बाले माइपश्चिम क्षेत्रका मिडीया हाउसहरुवीच समन्वय गरि सम्बन्ध वृद्धि गर्न प्रतियोगितासहित शुभकामना आदनप्रदान कार्यक्रम राखिएकोपनि जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टीमलाई  नगद १५ हजार तथा दोस्रो हुने टिमलाई नगद १० हजार पुरस्कारसहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने   प्रतियोगिताका संयोजक अर्जुन राजवंशीले जानकारी दिनुभयो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...