Home / ट्रेन्डिङ्ग / युवाहरुको सक्रियतामा दमक २ मा बाल आश्रम निर्माण हुँदै ,निर्माण सम्पन्न गर्न आर्थिक समस्या

युवाहरुको सक्रियतामा दमक २ मा बाल आश्रम निर्माण हुँदै ,निर्माण सम्पन्न गर्न आर्थिक समस्या

सप्तरङ्गी एफ.एम. दमक/ ६ अशोज २०७५

दमक नगरपालिका वडा नं. २ मा नमूना बाल आश्रमको बाहिरी संरचना निर्माण अन्तिम अवस्थामा पुगेको छ ।

प्राथमिक विधालयमासँगै पढेर कामको शिलशिलामा विदेश र स्वदेश छरिएका युवाहरु भेला भए पछि बाल आश्रम निर्माण कार्य शुरु गरिएको हो ।

झापाका विभिन्न स्थानमा फेला परेका बालबालिको अवस्था देखे पछि उनीहरुको संरक्षणका लागि स्थानीय निकायले चासो नदिएको भन्दै  आफ्नै सक्रियतामा आश्रम निर्माण शुरु गरिएको युवाहरुको भनाई छ ।

कोही विदेश त कोही नेपालमै बसेर कार्य गर्दै आएका बाल्य अवस्थाका विद्यालयका युवाहरु एकै स्थानमा भेला भए पछि १÷१ लाख उठाउने प्रणका साथ २५ हजारको किस्ताबाट बाल आश्रम निर्माण कार्य थालनी गरिएको आश्रमका सचीब साजन श्रेष्ठले बताउनु भयो

विदेशमा छँदा समेत सामाजिक सेवामा काम गर्दै आएका युवा साजन श्रेष्ठले झण्डै ४० लाख मुल्य बराबरको १ कठ्ठा जमिन बाल आश्रमलाई निशुल्क प्रदान गर्नु भएको छ ।

शुरुमा सानो बाल आश्रम निर्माण गर्ने सोचका साथ काम गरेको तर  अहिले भवन निर्माणमा मात्र ३० लाख २१ हजार ५ सय रुपयाँ खर्च गरी सकेका आश्रमक अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।

भवन निर्माण गर्दै जाँदा आर्थिक भारहरु बढ्न थालेको थापाको  भनाई छ । जसका लागि साँस्कृतिक कार्यक्रम तथा सहयोग संकलन समेत गर्दै आएको वहाले बताउनुभयो  ।

१३ जना सदस्य रहेको समूहमा आफैले नक्शाङकन गरेर बनाइएको यस भवन अपाङ्ग मैत्री रहेको  आश्रमका सदस्य आर्किटेक पारस खड्का बताउनुहुन्छ ।

दमकका  १३ जनाको यूवाको सक्रियताबाट यो बाल आश्रम निर्माण गरिएको हो । निर्माणधीन बाल आश्रममा यतिखेर आर्थिक सहयोगको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

यूवा पुस्ताले शुरुवात गरेको यो नमूना कार्यमा सवैले सहयोग गरे असाहय बालबालिकाको हितमा ठूलो कार्य हुने यूवाहरु बताउँछन् ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...