Home / ट्रेन्डिङ्ग / पर्यटकिय क्षेत्र सातासिधाममा बिद्युत बिस्तार

पर्यटकिय क्षेत्र सातासिधाममा बिद्युत बिस्तार

सप्तरङ्गी एफ.एम. दमक/असोज ७/
पूर्वको पर्यटकीयस्थलका रुपमा परिचित झापाको सतासीधाम धार्मिक स्थलमा आज औपचारिक कार्यक्रमबीच केन्द्रिय प्रसारण विधुत लाईनको उद्घाटन गरिएको छ ।
शिवसताक्षी नगर पालिका वडा नं. ११ मा पर्ने सतासीधाम मन्दिर परिसरमा झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य एलपी साँवा, प्रदेशसभा सदस्यहरु झलकसिंह दर्लामी, हिरा थापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सँयुक्तरुपमा स्वीच अन गरेर विधुत लाईट उद्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य साँवाले शिवसातासीधाम देखि गाऊँ जोड्ने सडक, सतासी र दुधे खोलाको संगममा जल कुण्ड, सतासीधाम देखि दोमुखासम्म बाटो र सो क्षेत्र भित्र फाल्गुनन्द पार्क, मुक्तिनाथ धाम लगायतका पर्यटकीय आकार्षणका स्थल निर्माणमा योजना अघि सार्न स्थानीय तहलाई आग्रह गर्नु भएको छ । सांसद साँवाले स्थानीय तहबाट पर्यटकीय क्षेत्रको लागि योजना ल्याए साधान स्रोत जुटाउँन आफू तयार रहेको बताउनु भयो ।
नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तगर्त सो क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो । उर्जा मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँको लागतमा हालै सतासीधाममा विजुली जडान गरि सञ्चालनमा ल्याईएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जानकारी दिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको झिलझिले चौंकदेखि साढे ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने सतासीधाममा विजुली पुगेपछि स्थानीय बासिन्दा र तिर्थालु समेत हर्षित भएका छन् । विद्युत विस्तारले झापाको परिचित पर्यटकीय स्थल शिवसतासीधामको थप विकास हुने स्थानीय बासिन्दाहरुले बताएका छन् ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...