Home / अपराध / मोटरसाईकाल दुर्घटनामा नायब सुब्बाको निधन

मोटरसाईकाल दुर्घटनामा नायब सुब्बाको निधन

सप्तरङ्गी एफ.एम. दमक असोज ७
झापाको कन्काई नगरपालीका सुरुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । ईलामको चुलाचुली गाउँपालीकामा कार्यरत नायक सुब्बा जगत कोईरालाको सावरी दुर्घटनामा ज्यान गएको हो । ईलाम को ईलाम नगरपालीका घर भएको कोईराला ईलामबाट कार्यक्षेत्र चुलाचुली आउने क्रममा आज बिहान ९ बजे कन्काई नगरपालीकाको सुरुङ्गामा सवारी दुर्घटनामा पर्नु भएको हो । कोईराला सवार मे ५ प ६६६४ नम्बरको पुर्व बाट पश्चिम आउँदै गरेको मोटरसाईकललाई सोहि दिसा बाट आउँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबिले पछाडि बाट ठक्कर दिएको थियो । जेसिबिको ठक्करबाट घाईते कोईरालाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...