Home / कला/साहित्य / विश्व साहित्य स्तरमा नेपाली साहित्य कमजोर : प्रध्यापक डाक्टर गोविन्दराज भट्टराई

विश्व साहित्य स्तरमा नेपाली साहित्य कमजोर : प्रध्यापक डाक्टर गोविन्दराज भट्टराई

सप्तरङ्गी एफ.एम. दमक/असोज ७/
विश्वको साहित्य स्तरमा नेपाली साहित्यिक कम्जोर रहेको बताइएको छ । ग्रामिण क्षेत्रको आवाज साहित्यमा भन्ने विश्वव्यापी मान्यतालाई अवलम्बन गर्दै आज दमकको ग्रामीण क्षेत्रमा भएको कार्यक्रममा बोल्दै साहित्य क्षेत्रका विज्ञ व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रध्यापक डाक्टर भट्टराईले विश्वमा नोवेल पुरस्कार विजेताको पुस्तक कम्तिमा २० भाषामा प्रकाशित हुनु पर्ने र विश्वका १ लाख बढी पुस्ताकालयमा उपलव्ध हुनु पर्ने तर नेपाली साहित्यको पहँुच त्यो स्तरको नभएको बताउनु भयो । नेपालका चर्चित तथा महाकवि लक्ष्मी प्रसाद देवकोटाको समेत विश्व साहित्य स्तरको मामदण्ड प्राप्त गर्न २५ प्रतिशत जति पनि सक्षम नभएकोले विश्व साहित्यमा नेपाली साहित्यको अवस्था अति कम्जोर रहेको उहाँले बताउनु भयो । नेपाली साहित्कारहरुले घमण्ड नगरी अध्ययन र लेखनलाई तिव्रता दिएर विश्व सामु नेपाली भाषा साहित्यको स्तर बृद्धि गर्न अघि बढ्नु पर्ने समेत उहाँले बताउनु भयो ।
काव्य चौतारी घर झापाको आयोजानमा भएको कार्यक्रममा विराटनगरका साहित्यकार प्राज्ञ विवश पोखरेल, झापाका हेम अधिकारी, पाँचथरका राजमाङ्लाक सहित स्थानीय स्तरमा सामाजिक सेवामा कार्य गर्ने ५ जनालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । बरिष्ठ लोक गायक एलपी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ्ग, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लाबाट साहित्यमा साधनारत साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकारहरु भवानी क्षेत्री, केशव आचार्य, जितेन मुस्कान, धनकुटे कान्छा, सिता आस्था ढुङ्गेल, चोमु शेर्पा, सुनिता तामाङ, टंक आचार्य, झाँक्री खोले, पदम दुःखी सम्बाहाम्फे लगायत ३ दर्जन हाराहारी साहित्यकारहरुले रचना वाचन तथा मन्तव्य राख्नु भएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...