Home / ट्रेन्डिङ्ग / कांग्रेसको बिधान मस्यौदा समिति द्वारा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका कार्यकर्ताहरु संग परामर्श

कांग्रेसको बिधान मस्यौदा समिति द्वारा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका कार्यकर्ताहरु संग परामर्श

सप्तरङ्गी एफ.एम. दमक/असोज ८/
नेपाली कांग्रेसको केन्द्रिय बिधान मस्यौदा समितिले आज झापा, ईलाम, पाँचथर र ताप्लेजुङका कार्यकर्ताहरु संग छलफल गरेको छ । कांग्रेसले पार्टिको बिधानमा परिवर्तन गर्ने तयारी सुरु गरेपछि देशै भरी कार्यकर्ताहरु संग छलफल गरिरहेको छ । यसै क्रममा आज पुर्वका चार जिल्लाका कार्यकर्ताहरु संग छलफल गरेको हो ।
पार्टि नेता आनन्द प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु गोपालमान श्रेष्ठ, नविन्द्रराज जोशी लगायतको उपस्थिति रहेको थियो । चार वटै जिल्ला बाट भेला भएका कार्यकर्ताहरुलाई पाँच समुहमा बिभाजन गरी सामुहिक छलफल चलाईएको कार्यक्रममा सहभागी हुन पुग्नु भएको दमक नगर सह–सचिव दिपेश दाहालले जानकारी दिनुभयो ।
केन्द्रिय बिधान मस्यौदा समितिले तयार गरेको बिधानमा कार्यकर्ताहरुले सुझाव दिएका छन् ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...