Home / ताजा समाचार / चाडपर्व नजिकिएसंगै झापामा गरगहनाको माग बढ्यो , सुनको अभावले व्यवसायी भने संकटमा

चाडपर्व नजिकिएसंगै झापामा गरगहनाको माग बढ्यो , सुनको अभावले व्यवसायी भने संकटमा

सप्तरंगी एफएम /  ८ असोज २०७५

नेपालमा विदेशी विनिमयको अवस्था कमजोर भएको कारण देखाउँदै राज्यले सुनमा लगानी बढाउँन नसके पछि सुन व्यवसायीहरु समस्यामा परेका छन् । व्यवसायीहरुले माग गरे जति सुन हालसम्म उपलव्ध हुन हुन नसके पछि व्यवसायीहरु समस्यामा पर्दै गएको उनीहरुको भनाई छ ।

सुन व्यवसायीले सुनको कारोवार वापत बार्षिक १३ अर्व हाराहारीमा त कर मात्र बुझाउँदै आएका छन् । राज्यको कर बृद्धि हुने कार्यमा परिमाण बढाउँन माग गरेको धेरै भईसक्दा समेत सुनको अभाव हट्न सकेको छैन ।अहिले नेपालमा दैनिक ४० किलो सुन आवश्यक पर्छ तर सरकारले भने २५ किलो मात्रै उपलब्ध गराउदै आएको छ l

देशको कला संस्कृति जोगाउन ,व्यवसायीलाई काम गर्ने बाताबरण बनाउन साथै युवाको विदेश पलायन रोक्न समेत राज्यले पर्याप्त सुन उपलब्ध गराउनु सरकारको दायित्व रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष मोहन कुमार विक बताउनुहुन्छ l

नेपालमा रहेका २५ हजार हाराहारीका सुन व्यवसायीहरुले भने जसरी सुनका गरगहनाहरु बेच्न पाएका छैनन् । झापामा मात्र ९ सय हाराहारीमा सुन व्यवसायीहरु रहेका छन् । झापामा मात्रै मासिक ६० देखि ९० केजिसम्म सुनको माग हुने गरेको छ । तर राज्यबाट मासिक ९ केजि भन्दा बढि सुन प्राप्त हुन सकेको छैन ।

झापाको प्रमुख ब्यापारिक केन्द्रहरु बिर्तामोड र दमकमा मात्रै प्रति महिना १६ किलो सुन आवस्यक पर्ने तर सरकारले झापामा ६ किलो मात्रै उपलब्ध गरेकोले व्यवसाय गर्न अत्यन्तै कठिन भएको नेपाल सुनचाँदी महासंघ दमक नगरका अध्यक्ष शेरबहादुर गजमेर बताउनुहुन्छ ।

राज्यले बजारमा माग भए अनुसार सुन उपलब्ध गराउँन नसक्ने हो भने व्यवसायी नै विस्थापित हुने अवस्था आउने दमकका व्यवसायी सुनिल दियालीको भनाई छ l

नेपालमा पछिल्लो पटक सुनको अभाव खडकिदै गएको छ । आवश्यक कच्चा पदार्थको उपलव्ध गराउँन नसक्दा सुन व्यवसायीहरु संकट र समस्यामा  पर्दै आएका छन् । बार्षिक १३ अर्व हाराहारीमा बार्षिक कर तिर्दै आएका सुनव्यवसायीलाई आवश्यक सुन उपलव्ध गराए राज्य र व्यवसायी दुवैलाई फाइदा हुने हुँदा पर्याप्त सुन उपलब्ध गराउन  व्यवसायीहरुको माग छ ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...