Home / अपराध / झापाको हल्दिबारीमा ४ बर्षीया बालिका बलात्कृत

झापाको हल्दिबारीमा ४ बर्षीया बालिका बलात्कृत

सप्तरङ्गी एफ.एम. दमक असोज ८

नातामा भान्जी पर्ने चार वर्षिया बालिका बलात्कार गरेको आरोपमा गएराती झापाको हल्दिबारी गाउँपालिका –३ जलथलका २१ वर्षीय युवक पक्राउ परेका छन ।

सोही वडाकी बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनाको घरसँगै रहेकाले आरोपितको नाम नखुलाइएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हिँजो दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए । चिनजानको नाताले मामा भान्जी साइनो परेकोले सोही नाताको फाइदा उठाउँदै घुम्न गएको मौका छोपी युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजानिक भएको थियो ।

उजुरी पछि हिँजो राति युवकलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताउनुभयो । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...