Home / अपराध / झापाको गौरिगञ्ज सिमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

झापाको गौरिगञ्ज सिमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/असोज ११/
सशस्त्र प्रहरीबल बोर्डर आउट पोष्ट खजुरगाछीले सिमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाई गरेको छ । लागुपदार्थ ओसारपसार र सेवन कर्ता तथा इजाजत बिनाका भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्न थालेको जनमानसबाट गुनासो आउनथालेपछि सिमाक्षेत्रका नाकाहरुमा सशस्त्र प्रहरीबल नेपालले कडाइगर्न थालेको छ ।
अबैध सामाग्री निकासी पैठारी गर्ने तस्करहरुलाई नियन्त्रण गर्न नाकाहरुमा सावधानीका साथ चेक जाँच गर्न थालिएकाले अबैध सामान सहित मानिस समेत पक्राउ गरिने सशस्त्र प्रहरी बल गौरिगञ्जका प्रमुख दिपक खड्काले बताउनु भयो ।
सशस्त्र प्रहरीबलले सिमा नाकाहरुमा कडाइ गरी चेक जाँच गरेपनि सामाग्रीमात्रै बेबारिसे अवस्थामा फेलापारेको र प्रहरीलाई देख्नासाथ मानिस भागेको प्रहरीले बताउने गरेको छ । सशस्त्र प्रहरीबल गौरीगञ्जले लुकाइछिपाई नेपाल तर्फ ल्याउदै गरेको अबैध सामाग्री गत महिना मात्र दुईपटक गरेर ७० हजार मुल्य बराबरको बरामद गरि मेची भन्सार कार्यलय काकडभिट्टा बुझाएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...