Home / ट्रेन्डिङ्ग / मेचि अञ्चलका चार जिल्लाका होटल व्यवसायीले दमकमा मनाए पर्यटन दिवस

मेचि अञ्चलका चार जिल्लाका होटल व्यवसायीले दमकमा मनाए पर्यटन दिवस

सप्तरङ्गी एफ.एम. दमक/असोज ११/
सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने लक्षका साथ आज मुलुकभरी ३९ औं विश्व पर्यटन दिवसका पर्यटकिय क्षेत्र चिनाउने देखि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
यसै अवसरमा आज होटल व्यवसायी संघ क्षेत्रीय समिती माई पश्चिम झापाले मेचि करिडोर स्तिरिय रहेका होटल तथा पर्यटन व्यवसायी विच अन्तरक्रिय सम्पन्न कार्यक्रम गरेको छ ।
कार्यक्रममा मेचि करिडोर अन्तरगत झापा ,ईलाम ,पाँचथर र ताप्लेजुङ्गका होटल तथा पर्यटन व्यवसायीले आ आफ्ना धारण राखेका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ ताप्लेजुङ्गका अध्यक्ष दिनेश खवास, पाँचथरका नरेन्द्र थाम्सुहाङ्ग, ईलामका डिवी पौडेल ,झापाका भोला उप्रेति लगायतले होटल तथा पर्यटन व्यवसायका विषयमा आ आफ्नो क्षेत्रमा देखिएका समस्या तथा चुनौतिका का बारेमा जानकारी गराउनुभएको थियो ।
होटल व्यवसायी संघ क्षेत्रीय समिती माई पश्चिम झापाका अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी झापाका प्रमुख जिलला अधिकारी जगतराज दहाल, विषेश अतिथी प्रदेश नम्वर १ का पर्यटन सचिव बद्रीराज ढुङ्गाना, अतिथी नेपाल पर्यटन बोर्डमा अधिकृत कुन्दन शर्मा लगायतले २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउनका लागी आवश्यक पुर्वाधरा बनाउनुका साथै व्यवसायीले उठाएका समस्याका बारेमा बोल्नुभएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...