Home / खेलकुद़़ / गौरादहमा कराँते टेक्निकल सेमिनारको समापन

गौरादहमा कराँते टेक्निकल सेमिनारको समापन

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
झापाको गौरादह नगरपालीकामा सञ्चालीत ३ दिने कराँते टेक्निकल सेमिनारको आज समापन गरिएको छ । गौरादहको वडा नम्बर १ र २ को आर्थिक सहयोगमा सञ्चालीत सेमिनारमा नगरपालीका भित्रका ३५ जना सहभागी रहेको वडा नम्बर १ का अध्यक्ष तथा नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनको लागी र नगरमा खेलकुदको बिकाशको लागी कराँते टेक्निकल सेमिनार गरिएको उहाँले बताउनु भयो । गत १२ गते देखी सुरु भएको सेमिनारको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।
गौरादह नगर प्रमुख रोहितकुमार शाहको अध्यक्षतामा भएको समापन कार्यक्रमका वक्ताहरुले खेलको माध्यमबाट युवाहरुको व्यक्तित्व विकाश गर्न वडा कार्यालयले ल्याएको कामको प्रशंसा गरेका थिए ।
३ दिने सेमिनारमा बिष्णु सुब्बा र रमेश ठाकुरले प्रशिक्षण दिनु भएको वडा नम्बर २ का वडाध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...