Home / ट्रेन्डिङ्ग / गौरादह नगरपालीकाको सेवा आफ्नै भवनबाट सुरु

गौरादह नगरपालीकाको सेवा आफ्नै भवनबाट सुरु

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
झापाको गौरादह नगरपालीकाले आज देखी आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । यस अघि वडा नम्बर ३ मा रहेको भाडाको भवनमा रहेको नगरपालीकाको कार्यालयलाई वडानम्बर २ मा रहेको आफ्नै भवनमा सारेर सेवा दिन सुरु गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो ।
यस अघि गौरादह डिपुचौकमा भाडाको भवनमा नगरपालीकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । त्यस ठाउँ देखी करिब २ किलोमिटर दक्षिण बाटो पुर्व पट्टि हाल आफ्नै भवन तत्काललाई काम गर्न सकिने अवस्थामा निर्माण भैसकेकोले आफ्नै भवनबाट काम सुरु गरिएको नगरपालीकाका प्रवक्त नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । भाडाको घरमा बस्दा बर्सेनी लाखौं रुपैयाँ भाडा वापद खर्च हुने भएकोले आफ्नै भवनलाई मर्मत संभार गरि बस्न थालिएको उहाँले बताउनु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...