Home / अपराध / जिल्ला प्रहरी कार्यालय झापाद्वारा चाडपर्व लक्षित बिषेश सुरक्षा योजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय झापाद्वारा चाडपर्व लक्षित बिषेश सुरक्षा योजना सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
जिल्ला प्रहरी कार्यालय झापाले जिल्लालाई सुरक्षित बनाउन चाडपर्व लक्षित बिषेश सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले आज दमकमा पत्रकार सम्मेलन गर्दै नेपालीहरुका महान् पर्वहरु दशैं, तिहार, छठ जस्ता पर्वहरुलाई लक्षित गरि बिषेश योजना ल्याईएको जानकारी दिनुभयो । सबै जिल्लाबासीले सान्त पुर्वक चार्ड पर्व मनाउने वातावरण बनाउने भन्दै सुरक्षा योजना ल्याईएको उहाँले बताउनु भयो । यो चार्ड पर्व भरी मोबायल गस्ती, अनुगमन गस्ती, पैदल गस्ती लगायतका सुरक्षा योजनामा ८३७ प्रहरी परिचालीत हुने जिल्ला प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।
प्रहरीले चार्ड बाडमा बिषेश सुरक्षा योजनामा बढि निगरानी हुने क्षेत्रमा मठमन्दिर, धार्मिक स्थल, सार्वजनिक यातायात, बजार, मदिरा बिक्रि स्थल, सरकारी कार्यालयहरु, सुन चाँदी तथा बित्तिय कारोबार हुने ठाउँ लगायतलाई राखेको छ । यस्ता क्षेत्रमा बिषेश निगरानी गर्दै चाडवाडमा अपराध न्युनिकरण गर्न योजना तयार गरिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...