Home / खेलकुद़़ / झापाको कमल गाउँपालीकामा सञ्चालीत भलिवल प्रतियोगीता आज सम्पन्न

झापाको कमल गाउँपालीकामा सञ्चालीत भलिवल प्रतियोगीता आज सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा भएको अन्डर २० महिला तथा पुरुष भलिवल प्रतियोगिताको पुरुष तर्फ मोरङ्गको कोशी मल्टिपल कलेज विराटनगर र महिला तर्फको झापाको धुलाबारी माध्यमिक विद्यालयले पहिलो उपाधी जितेको छ ।
त्यसैगरी प्रतियोगिताको द्वतिय स्थान मा पुरुष तर्फ झापा को क्यामब्रिज बोर्डिङ्ग स्कुल दुधे र महिला तर्फ मोरङ्गको महेन्द्र रत्न माध्यमिक विध्यालय लेटाङ्गले जितेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिम लाई नगद १५ हजार का साथै ट्रफि मेडल तथा महिला तर्फ प्रथम हुने लाई नगद १० हजार का साथै ट्रफि मेडल बाट पुरस्कृत गरीएको थियो भने पुरुष द्वतिय हुने टिम लाई नगद ९ हजार का साथै ट्रफि मेडल तथा महिला तर्फ द्वतिय हुने लाई नगद ६ हजार का साथै ट्रफि मेडल बाट पुरस्कृत गरीएको आयोजकले जनाएको छ ।
कमल गाउँपालिका ३ स्थित लालिमा आवासिय माध्यमिक विध्यालयको खेल मैदानमा हिँजो र आज प्रतियोगिता सन्चालन गरिएको थियो । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी र ईलाम जिल्लाका सस्थागत विध्यालय अन्तरगत महिला तर्फ १० र पुरुस तर्फ २४ टिम सहभागी रहेको आयोजक वाल क्लवका सचिव सुमन मगरले जानकारी दिनुभयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...