Home / ट्रेन्डिङ्ग / मुगाधन कृष्णकुमारी राई प्रतिष्ठानद्वारा तिनजनालाई सम्मान

मुगाधन कृष्णकुमारी राई प्रतिष्ठानद्वारा तिनजनालाई सम्मान

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
मुगाधन कृष्णकुमारी स्मृति प्रतिष्ठानले आज बिभिन्न संगठनको नेतृत्वमा पुग्न सफल दमकमा तिनजनालाई सम्मान गरेको छ । नेपाली कांग्रेसको जिल्ला सह सचिवमा मनोनित राजेन्द्र भण्डारी, दमक बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष डाक्टर नेत्रबहादुर बुढाथोकी र प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भट्टराईलाई प्रतिष्ठानले सम्मान गरेको हो । प्रतिष्ठानकी अध्यक्ष तथा साम्सद महेन्द्रा कुमारी लिम्बुले तिनै जनालाई अबिर र खादा लगाएर सम्मान गर्नु भएको हो ।
नेपाली कांग्रेस जिल्ला समितिको बैठकले दमकका राजेन्द्र भण्डारीलाई पार्टिको जिल्ला सह सचिवमा भर्खरै मनोनयन गरेको थियो । त्यसैगरी केहि दिन अघि मात्रै दमक बहुमुखी क्याम्पसको प्राध्यक्षक संघमा डाक्टर नेत्र बहादुर बुढाथोकी सर्वसम्मत चयन हुुनु भएको थियो । त्यस्तै नेपाल प्रेस युनियन झापाको हिँजो बिर्तामोडमा सम्पन्न अधिवेसन बाट युनियनको उपाध्यक्षमा दमककै गिरिराज भट्टराई सर्वसम्मत चयन हुनु भएको थियो । तिनै जनाको कार्यकाल सफल रहोस भनि सुभकामना तथा बधाई दिईएको प्रतिष्ठानका सचिव पर्शुरामा रिजालले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...