उद्यमक विकास वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
सप्तरङ्गी एफ.एम. दमक/असोज १५/
दमक–६ स्थित उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको आज १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय रेडक्रस सभाहलमा एक कार्यक्रम गरि सहकारीले आफनो साधारणसभा सम्पन्न गरेको हो ।
सभाामा संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईले सञ्चालक समितिको र लेखा संयोजक निर्मल गुरुङले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
त्यसै अवसरमा संस्थाले शेयर सदस्यका परिवारबाट हसिना खातुन, दैनिक बचतका १० जना, उत्कृष्ट बर्ष बचतकर्ताहरु,उत्कृष्ट बालबचत र उत्कृष्ट ऋणीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको सञ्चालक बालकृष्ण श्रेष्ठले बताए । यसैगरि, एकल महिला शेयर सदस्यतर्फ लोकमाया ओझा, ज्येष्ठ शेयर सदस्यद्धय गौरीकान्त पोख्रेल,छविलाल सिटौलालाई समेत दिर्घजीवनको कामना गर्दे सम्मान गरिएको थियो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवर, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापालगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
2018-10-01