Home / ताजा समाचार / कचनकवलको बनियानीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कचनकवलको बनियानीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १५/
झापाको पुर्वि दक्षिणी गाउँपालीका कचनकवल वडा नम्बर ६ बनियानीमा आज बृहत सरसफाई गरिएको छ । वडा कार्यालय वडा नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा स्थानियबासी, प्रहरी तथा नागरिक अगुवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । नजिकिएका चाड पर्वलाई लक्षित गरि सरसफाई कार्यक्रम गरिएको वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो । चाड बाडमा धेरै तिरका मानिसहरु आउने हुनाले अझ फोहर बढ्ने संभावना भएकोले सरसफाई गरिएको उहाँले बताउनु भयो । नागरिकहरुलाई आ–आफ्नो घर अगाडी आँपैंm सफा गर्नु पर्छ भन्ने चेतना जगाउन पनि वडा कार्यालयलेनै सरसफाईको नेतृत्व लिएको वडाध्यक्ष कार्कीले बताउनु भयो ।
सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने पनि उहाँले बताउनु भयो । बजारबासीले आफुले उत्पादन गरेको फोहर आँपैंm ब्यवस्थापन गरे मात्रै गाउँ बजार सफा हुने भएकोले सधैं सरसफाईमा लाग्न उहाँले वडाबासीलाई आग्रह समेत गर्नु भएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...