Home / अपराध / दैनिक बढिरहेको महिला हिंसा र बलात्कारका घटना रोक्न माग गर्दै महिला अधिकारवादीले बुझाए ज्ञापनपत्र

दैनिक बढिरहेको महिला हिंसा र बलात्कारका घटना रोक्न माग गर्दै महिला अधिकारवादीले बुझाए ज्ञापनपत्र

सप्तरङ्गी एफ.एम. दमक/असोज १५/
बलात्कार पछि हत्य गरिएकी कञ्चनपुरकी बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन साथै दैनिक रुपमा देशभरी बढिरहेका महिला हिँसा साथै बलात्कारका घटना नियन्त्रणको माग गर्दै आज बिभिन्न महिला अधिकारबादी संघ संस्थाहरुले ईलाका प्रशासन कार्यालय दमक मार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मन्दरा पौडेलको अगुवाईमा गएको बिभिन्न महिला अधिकारबादी संस्थाका प्रतिनिधिहरुको समुहले ईलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य पौडेलले दैनिक भैरहेको महिला हिँसा तथा बलात्कारका घटना तत्काल नियन्त्रणमा लिन र कञ्चनपुरकी बालिका निर्मला पन्तको अपराधी तत्काल पत्ता लगाउन माग गर्नु भयो ।
जनचेतना महिला बिकाश संस्था, उज्यालो नेपाल, अनाथ बाल आश्रम, विश्वकर्मा सेवा समाज र लायन्स्क्लब अफ सेविकाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै महिला हिंसाका घटना रोक्न माग गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै ईलाका प्रशासन कार्यालय दमकका प्रमुख श्रेष्ठले आपराधिक घटना नियन्त्रणमा सरकार लागी रहेको बताउनु भयो । उहाँले ज्ञापनपत्रलाई जिल्ला प्रशासन कार्यालय मार्पmत प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...