Home / ताजा समाचार / आफ्नो नामको जग्गा अर्कैले विक्री गरेको भन्दै दमककी एक बृद्दाद्वारा न्यायको माग

आफ्नो नामको जग्गा अर्कैले विक्री गरेको भन्दै दमककी एक बृद्दाद्वारा न्यायको माग

सप्तरङ्गी एफ.एम. दमक/१७ अशोज २०७५/डिकेश लामा

आफ्नो नामको जग्गा अर्कोले विक्री गरेको भन्दै  झापाको दमककी एक बृद्दाले आज न्यायको माग गर्नु भएको छ ।

आफ्नै नामको जग्गा आफैले वेचेको कागज देख्दा मैंले कसरी जग्गा वेचे भन्ने कुरामा दमक वडा नं. ४ की ६९ बर्षीय टेकमाया मावोहाङ छक्क पर्नु भएको छ ।

आफू भारतको आसाममा छोराको घरमा गएको समयमा अर्कै मान्छेले आफ्नै नामबाट किर्ते कागज बनाएर विक्री गरेको पीडित महिला मावोहाङले बताउनु भयो । आज दमक पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पीडितको दमक वडा नं. ४ मा रहेको किता नं. ४८७३ र ४८७५ नम्बरको जम्मा दुई विगाह ५ धुर जग्गा नक्कली धनीपुर्जा र नक्कली जग्गा धनी भई वेजिल्लाबाट विक्री गरेको बताउनु भयो ।

जग्गा धनी विना नै जग्गाको प्रतिलिपि धनिपूर्जा निकालेर जग्गा पास गर्दा काठमाण्डौं डिल्लिबजारको मालपोत र दमकको मालपोत कार्यालयको समेत मिलेमतो रहेको  मावोहाङले दावी गर्नु भएको छ । जग्गा किनवेचमा जग्गा धनीको सक्कली नागरिकता समेत नहेरी फोटोकपीको भरमा किर्ते कागजको आधारमा जग्गा विक्री भएको वहाले दावी गर्नु भएको छ ।

आफूसँग भएको सक्कली धनी पुर्जा र गएको ७४ सालसम्म मालपोत तिरेको रसिद देखाउँदै पीडितका आफन्त जय प्रसाद लिम्बुले जग्गा धनीले आफूसँग धनीपुर्जा छ भनेर ढुक्कले बस्न नसकिने दिन आएको बताउनु भयो । ६९ बर्षीय  मावोहाङ्गले जग्गाको आवश्यक छानविन र कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष न्यायको लागि माग समेत गरेको बताउनु भएको छ ।

उनको जग्गा मोरङ्ग जिल्लाको कानेपोखरी गाऊँपालिका वडा नं. ७ बस्ने फौदराज लिम्बुले १ करोड २० लाख रुपयाँमा खरिद गरेको मालपोतको ढड्ढामा रहेको कागजमा उल्लेख भएको पीडित पक्षले जानकारी दिएका छन् ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...