Home / कला/साहित्य / युनिक कलेजका बिद्यार्थीद्वारा सडक आसपास क्षेत्रमा रहेका गमलामा पानी हाल्दै पर्याबरण संरक्षणको संदेश

युनिक कलेजका बिद्यार्थीद्वारा सडक आसपास क्षेत्रमा रहेका गमलामा पानी हाल्दै पर्याबरण संरक्षणको संदेश

सप्तरङ्गी एफ.एम. दमक , असोज १६, २०७५

पर्याबरणको संरक्षण सवैको हित भन्ने सोचका साथ आज दमकमा विधार्थीहरुले सडक आसपास क्षेत्रमा रहेका बोटविरुवाको गमलामा पानी हाल्ने कार्य गरेका छन् ।

यूनिक साहित्यिक मञ्चको आयोजनामा दमक वडा नं. ८ मा रहेको युनिक कलेजका विधार्थीहरुले दमक बजारको पुर्व पश्चिम राजमार्ग आसपास क्षेत्रमा राखिएका गमलामा पानी लगाएका हुन् । एउटा सानो सपना छ अनि त्यो सपना पुरा गर्ने अर्को ठूलो सपना छ भन्ने बिम्बात्मक नाराका साथ विधार्थीले सडक क्षेत्रका बोट विरुवामा पानी हालेर सवैले पर्यावरण संरक्षणमा जिम्मेवारिता पुरा गर्नु पर्ने बताएका छन् ।

विधार्थीको प्रतिभा र जिम्मेवारिता बोध तथा उजागर गर्न मञ्चले यस्तो खाले कार्यक्रम गरेको मञ्चकी अध्यक्ष सृजना तामाङले बताउनु भयो । मञ्चले आजै कलेजमा गायन प्रतियोगिता समेत सम्पन्न गरेको छ । प्रतियोगितामा प्रथम, दितिय र तृतीय क्रमश आषिश राई, निरोज भण्डारी र अनिल मगरलाई पुरस्कार समेत वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख लेखनाथ सेढाईले बताउनु भयो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...