Home / ट्रेन्डिङ्ग / सत्ताको शक्ति , स्रोत व्यक्ति गणेश पौडेलका छोरा हिमालय माध्यमिक बिद्यालय दमकको शिक्षकमा नियुक्त

सत्ताको शक्ति , स्रोत व्यक्ति गणेश पौडेलका छोरा हिमालय माध्यमिक बिद्यालय दमकको शिक्षकमा नियुक्त

सप्तरङ्गी एफ.एम. दमक/असोज १८/
दमक नगरपालीकाले आफुले जारी गरेको बिबादास्पद शिक्षा नियमावलीलाई घुमाउरो बाटो बाट कार्यान्वयनमा ल्याएको छ । नियमावली अनुसार व्यवस्थापन समिति गठन गर्न खोज्दा अभिभावकबाट बिरोध भए पछि नगरपालीकाले नियमावली कार्यान्वयनको लागी घुमाउरो निति प्रयोग गरेको हो । अभिभावकका प्रतिनिधि र मनोनय गर्ने सदस्य बाहेक नियमावलीको नियम २६ बमोजिम व्यवस्थापन समिति गठन गरिएको नगर शिक्षा अधिकारी शालिग्राम काफ्लेले बताउनु भयो ।
शिक्षा नियमावली कार्यान्वयनमा सहयोग गरेको भन्दै नगरपालीकाले स्रोत व्यक्ति गणेश पौडेललाई पुरस्कृत समेत गरेको छ । नियमावली कायान्वयनमा सुरु देखीनै प्रभावकारी भुमिका निर्वाह गरेका पौडेलको छोरालाई दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा शिक्षकको रुपमा नियुक्त गरेर नगरपालीकाले पौडेलको गुन तिरेको हो ।
वडाध्यक्षमा प्रजापती सापकोटा अध्यक्ष र बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झा सहित सिक्षक प्रतिनिधि बालकुमार रेग्मी सदस्य रहेको समितिले ११ र १२ कक्षा पढाउनको लागी स्रोत व्यक्ति गणेश पौडेलका छोरा दिपेन्द्र पौडेललाई नियुक्त गरेको हो । दुई जना शिक्षक आवस्यक परेकोमा स्रोत व्यक्ति पौडेलका छोरा दिपेन्द्र र अर्का तेजराज अधिकारीलाई समितिले नियुक्त गरेको हो ।
दलहरुको छलफलमा नगरपालीकाले अदातलमा मुद्धा समेत बिचाराधिन अवस्थामा रहेकोले तत्काल नियमावली कार्यान्वयन नल्याउने बताए पनि आफुहरु संग भएको सहमती बिपरित नगरपालीकाले काम गरेको नेपाली कांग्रेस नगर सभापती रोशन विष्टले आरोप लगाउनु भयो । नगरपालीकाले आफ्ना कार्यकर्ता भर्ति गर्नको लागी मात्रै यो नियमावली ल्याएकोले आफुहरुले बिरोध गरेको विष्टले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...