Home / ट्रेन्डिङ्ग / विवेकशील साझा पार्टि झापाको संगठन बिस्तार तदर्थ समिति गठन

विवेकशील साझा पार्टि झापाको संगठन बिस्तार तदर्थ समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/असोज १९/
विवेकशील साझा पार्टीले झापा जिल्लाको संगठन बिस्तार तदर्थ समिती गठन गरेको छ । सु–संस्कृत राजनीति, समतामूलक समृद्धि हाम्रै जिवन कालमा भन्ने नारा सहित स्थापना भएको विवेकशील साझापाको झापा जिल्ला तदर्थ समितिको संयोजकमा दमकका डाक्टर निर्मल कटुवाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा गौरादहबाट सरोज गुरागाइ, गौरिगञ्ज बाट दुर्गा ताजपुरिया, कन्काई बाट चन्द्रप्रसाद मैनाली र अम्बिका चापागाईं सुवेदी, झापा बाट तुलसी उप्रेती, कचनकवल बाट रबिन नेपाल, भद्रपुर बाट बिष्णु काफ्ले, दमकबाटै रबिना सुवेदी, बिर्तामोडबाट दुर्गा देबि मिश्र र चित्राङ्गत तिमिल्सिना, अर्जुनधाराबाट बिष्णु प्र. आचार्य र बुद्धशान्तिबाट सुरज दङ्गाल चयन हुनु भएको विवेकशील साझा पार्टिका प्रदेश नम्बर १ का उत्प्रेरक पदम भण्डारीले जानकारी दिनुभयो ।
गत असोज १ गते देखी सुरु भएको संगठन बिस्तार अभियान सञ्चालनको लागी तदर्थ समिति गठन गरिएको उहाँले बताउनु भयो । आज गठित तदर्थ समितिले आगामी तिन महिना भित्रमा संगठन बिस्तार गरी समिति गठन गरिसक्ने पनि भण्डारीले बताउनु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...