Home / अपराध / झापामा ४ बर्षिया बालिका बलात्कार , बलात्कारी पक्राउ

झापामा ४ बर्षिया बालिका बलात्कार , बलात्कारी पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/असोज २०/
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ५ निवासी २२ वर्षीय राजकुमार हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार अस्ति शुक्रबार राती सोही गाउँपालिका ५ निवासी ४ वर्षीय बालिकालाई ललाई फकाई खेतमा लगेर हेमरनले जबरजस्ती बलात्कार गरेको र पीडितका परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बालिकालाई उद्धार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा लगेर उपचार भैरहेको छ भने आरोपी हेमरनलाई पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...