Home / कला/साहित्य / दमक पव्लिक लाईब्रेरीको अध्यक्षमा पुनः भेषराज न्यौपाने चयन

दमक पव्लिक लाईब्रेरीको अध्यक्षमा पुनः भेषराज न्यौपाने चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज २०/
सामाजिक क्षेत्रमा क्रियाशील दमक पव्लिक लाईव्रेरीको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न लाईव्रेरीको छैठौं बार्षिक साधारणसभाको वन्दसत्रले आगामी दुई वर्षे कार्यकालका लागि पुनः भेषराज न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा जीवन सापकोटा, सचिवमा हरि सिटौंला, सहसचिवमा गणेश न्यौपाने र कोषाध्यक्षमा देवेन्द्र प्रसाई सर्वसम्मत चयन हुनु भएको छ । समितिको सदस्यहरुमा प्रकाश अधिकारी, भरत चम्लागाई, पुष्प नेपाल र धर्मेन्द्र घिमीरे चुनिनु भएको छ ।
स्थानीय कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको साधारणसभाको प्रदेश सभा सदस्य अर्जुन राईले उद्घाटन गर्नु भएको थियो । सभामा लाईव्रेरीका अध्यक्ष न्यौपानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष धर्मेन्द्र घिमीरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरेको छ । सभामा नेकपाका नेता गगन पुरी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकास प्रसाद अधिकारीले सुभकामना मन्तव्य राख्नु भएको थियो ।
२०६९ सालमा स्थापित लाइव्रेरीले झापाको विर्तामोडसमा समेत पठन संस्कृतिको विकास गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...