Home / ट्रेन्डिङ्ग / वर्तमान राज्य सत्ताले मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने खगेन्द्र संग्रौला र चन्द्र किशोरको भनाई

वर्तमान राज्य सत्ताले मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने खगेन्द्र संग्रौला र चन्द्र किशोरको भनाई

सप्तरङ्गी एफ.एम. दमक/असोज २०/
मधेस मामिलाका जानकार लेखक तथा पत्रकार चन्द्रकिशोर झा र लेखक खगेन्द्र संग्रौलाले आज दमकमा अहिलको मधेस र मधेसको मनोविज्ञानका बिषयमा चर्चा गर्नु भएको छ । युथ नेटवर्कको आयोजनामा भएको कार्यक्रममा दुवै जनाले वर्तमान राज्य सत्ताले मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मधेस मामलाका जानकार झाले अहिले मधेसमा राज्यसत्ताको उपेक्षाका कारण चार प्रकारका मनोविज्ञान विकास भईरहेको धारणा राख्नु भयो । जे भए पनि नबोल्ने सहने र आफ्नो जिन्दगी बिताउन चाहने समर्पणवादी, मुद्दा एक भए पनि आफ्नो लाभका लागि सम्बन्ध विस्तार गर्ने सम्बन्धबादी, अधिकार र अवसर सत्ताले दिए देशका लागि योगदान गर्न चाहने सौदावादी र राज्यको बिभेदको बदला लिन तयार स्वायत्तवादी मनोविज्ञनको मधेसमा विकास हुँदै गएको उहाँको विश्लेषण थियो । संविधानसभाबाट जारी संविधानमा केही संशोधन भए मधेस पनि नेपाली राजनीति र विकासको मूल प्रवाहमा आउने भन्दै यसका लागि सरकार पनि तयार हुनुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले मधेसको मुद्दाको जगमा उभिएका नेताले पनि मुद्दा छोड्दै गएको आरोप लागाउनु भयो । अनेक आलोचनाका बीच जनयुद्धका क्रममा मधेसको उत्पीडनबिरुद्ध आवाज उठाएका पुष्पकमल दाहाल र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि मधेसको मुद्दा त्यागेको उहाँले तर्क गर्नु भयो । विगतमा मधेस आन्दोलनको नेतृत्व गर्नेहरू सत्ता र शक्तिको लोभमा अल्मलिएको भन्दै त्यही आधारमा सरकारले मधेसका मुद्दा सकिएको भनेर दावी गरेको उहाँको भनाई छ । अहिलेको सरकार दुई तिहाई मतको जगमा स्थापित भए पनि शक्ति उन्मादका कारण मधेसको उत्पीडनकोमुद्दा समाधान गर्न नखोजिएको संग्रौलाले बताउनु यभो । संविधान प्रति असहमति जनाउने तर उपप्रधानमन्त्री पाए पछि सरकारमा जाने भन्दै उपेन्द्र यादवको आलोचना गर्नु भएको उहाँले पुष्पकमल दाहाल पनि एमालेमा समाहित भएर मुद्दालाई बिसर्जन गरेको जिकिर गर्नुभयो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...