Home / ट्रेन्डिङ्ग / झापाको गौरादह नगरपालीका खुल्ला दिसामुक्त नगर घोषणा

झापाको गौरादह नगरपालीका खुल्ला दिसामुक्त नगर घोषणा

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/

झापाको गौरादह नगरपालीका आज खुल्ला दिसामुक्त नगरपालीका घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष मिना

पराजुलीले नगरपालीकालाई खुल्ला दिसा मुक्त भएको घोषणा गर्नु भयो । कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाहले नगरलाई

खुल्ला दिशामुक्त घोषणा भएपछिका प्रतिवद्धता वाचन गर्दै नगरबासीको साथ र सहयोगमा नगरलाई खुल्ला दिसा मुक्त गर्न सफल

भयीएको धारणा राख्नु भयो । आगामी दिनमा पुर्ण सरसफाई युक्त नगर निर्माणमा आफुहरु लागी पर्ने उहाँले बताउनु भयो ।

अभियानका क्रममा १२ हजार २ सय ४८ परिवारमा शौचालयका पहुँच पुगेको बताउँदै नगरपालीकाका प्रसासकीय अधिक्रित सागर मिश्रले

अहिले नगरपालीका क्षेत्रमा खुल्ला ठाउँमा हुने फोहरबाट आउने दुर्गन्धमा कमि आएको र सरसफाईको चेतना नागरिकहरुमा बढेको बताउनु

भयो ।

गौरादह नगर उप प्रमुख गिता भेट्वालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा नेकपा जिल्ला नेता मदन अधिकारी, कांग्रेस क्षेत्रीय

सचिव सुर्यभक्त सिटौला लगायतले नगरपालीकाको अभियानमा आफुहरुको पुर्ण समर्थन रहेको बताउनु भयो ।

कार्यक्रममा नगरलाई खुल्ला दिशामुक्ता घोषणा गर्नको लागी प्रत्यक्ष रुपमा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान

गरिएको नगपालीकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...