Home / ट्रेन्डिङ्ग / झापाको शिवसताक्षिमा करको कहर , कांग्रेसले बुझायो कर फिर्ताको माग पत्र

झापाको शिवसताक्षिमा करको कहर , कांग्रेसले बुझायो कर फिर्ताको माग पत्र

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
बृद्धि गरिएको कर फिर्ता लगायतका विभिन्न माग राखेर नेपाली कांग्रेस झापा शिवसताक्षीले नगरपालिकालाई आज ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले जनतालाई राहत दिनुको सट्टा दैनिक जनजीविकामाथि नै आघात पुग्ने गरि कर बृद्धि गरेको भन्दै कांग्रेस नेतृत्वले नगरपालिकाको ध्यानाकर्षण गराएको हो । कांग्रेसले विभिन्न १७ वुदाँ उल्लेख गरि त्यस्तो माग गरिएको नगर सभापति पर्शुराम ढुंगानाले बताउनुभयो । नाराजुलुससहित पुगेको सो टोलीले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
कांग्रेसले दोहोरो कर, एकीकृत सम्पत्ति कर पूर्नमूल्याङकन गर्न, उपभोक्ता समिति गठनमा पार्टीगत भर्तिकेन्द्र बनाएको, विषयगत समिति गठनमा एकलौटी गरिएको भन्दैं त्यसलाई सच्चाउन माग गरेको छ । त्यसैगरि शिक्षा ऐनमा अदालतले फैसला गरे अनुसार सञ्चालन नभएको तथा नगर प्रमुखले बोर्डको निर्णय भन्दै आफूखुसी निर्णय गरि राजनीति गरेकाले त्यसको खारेजी गर्न माग गरिएको कांग्रेस नगर सहसंयोजक विनोद ढकालले बताउनुभयो ।
त्यसैगरि, नगरपालिकाले आफूखुसी पार्टी कार्यकर्ता नियुक्ति गरेको, विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर) का नाममा संस्थागत अनियमितता गरेको, नगर भित्रका ऐतिहासिक योजनाहरुको वजेटमा समान व्यवहार नगरेको भन्दै नगर प्रमुख चन्द्रकुमार शेर्मालाई ज्ञापनपत्र बुझाईएको सभापति ढुंगानाले जानकारी दिनुभयो । त्यस क्रममा कांग्रेसका महाधिबेशन प्रतिनिधि शिवकुमार योङया, महासमिति सदस्य भक्ति प्रसाद सिटौलाले कांग्रेसले उठाएका माग पूरा नभए कडा आन्दोलन गर्न बाँध्य हुने बताउनु भयो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शेर्माले कांग्रेसले बुझाएको जायज मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...