Home / अपराध / दमक प्रहरीको दशैं लक्षित सुरक्षा योजना

दमक प्रहरीको दशैं लक्षित सुरक्षा योजना

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/

ईलाका प्रहरी कार्यालय दमकले आईरहेका चाडपर्वलाई सुरक्षित बनाउने बिषयमा सरोकारवालाहरु संग छलफल गरेको छ । नगरका सबै

वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा तथा पत्रकारहरु संग आज प्रहरी कार्यालयमा छलफल

गरिएको हो । चाडपर्वमा नयाँ मनिसहरुको जमघट धेरै हुने भएकोले बिषेश सुरक्षा योजना बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

नागरिकहरु पनि चाडको रमाईलोमा हुने र नयाँ मानिसहरुको आगमन पनि धेरै हुने भएकोले चाडको समयमा आपराधिक घटनाहरु बढ्ने

सम्भावना भएको भन्दै कांग्रेस क्षेत्रीय सभापती ढुण्डी भण्डारीले प्रहरी प्रसासन चाडपर्वको बेला अझ सचेत हुनु पर्ने बताउनु भयो । त्यसैगरी

नेकपा नेता तिर्थराज बस्नेत शंकरले पर्वको समयमा मदिरा सेवन गरेर सवारी चलाउने क्रम बढ्ने भएकोले दुर्घटनाको जोखिम हुने बताउनु

भयो ।

कार्यक्रममा दमकका दसै वटा वडाका वडाध्यक्षहरुले सुरक्षा योजनामा प्रहरीलाई सहयोग चाहिए आफुहरु सहयोग गर्न तयार रहेको बताएका

थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक स्यामलकुमार सुब्बाले चाडपर्वलाई सुरक्षीत बनाउन

आफुहरुले योजना बनाईसकेकोले ढुक्क भएर बस्न नगरबासीहरुलाई आग्रह गर्नु भयो । प्रहरी एक्लैको प्रयासले मात्रै अपराध नरोकिने

भएकोले कुनै संकास्पद गतिबिधि वा व्यक्ति देखे प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...