सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्षित गरेर आज देखी नयाँ नोट बाँडे पनि दमकका ग्राहकले भने अभैm केहिदिन पछि बाट मात्रै नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयबाट मात्रै आज देखी नोट बाँड्न थालिएकोले दमकका ग्राहकले नयाँ नोट पाउने केहिदिन कुर्नु पर्ने भएको हो । प्रति ग्राहक २७ हजार रुपैयाँ नयाँ नोट दिने भने पनि दमकका कुनै पनि बैंकले आज नयाँ नोट ल्याएका छैनन् । राष्ट्र बैंकको बिराटनगरस्थित कार्यालयबाट नयाँ नोट ल्याउनु पर्ने भएकोले आफुहरुले केहिदिन पछि मात्रै ल्याउने सिटिजन बंैंक दमक शाखा प्रबन्धक पुष्कर कोईरालाले बताउनु भयो । सरकारी बैंक नेपाल बैंक लिमिटेड दमक शाखाले भने नयाँ नोट बाँड्न नबाँड्ने कुनै सोचाईनै नबनाएको शाखाका सहायक प्रबन्धक बलिराम चौधरीले बताउनु भयो । राष्ट्र बैंकले आजै देखी मात्रै बाँड्न सुरु गरेकोले आफुहरुले के गर्ने भन्ने बिषयमा सोचाईनै नबनाएको उहाँले बताउनु भयो ।
त्यसैगरी अर्को सरकारी बैंक बाणिज्य बैंक दमक शाखाका प्रबन्धक युवराज उप्रेतीले केहिदिन पछि बाट मात्रै नयाँ नोट बाँड्ने योजना रहेको बताउनु भयो । आफुहरुलाई राष्ट्र बैंकले आपंैm नोट ल्याईदिने भएकोले नोट आएपछि मात्रै ग्राहकलाई बाँड्ने उहाँले बताउनु भयो ।
