Home / अपराध / बलात्कारीलाई कारबाहीको माग गर्दै नेपाल महिला संघको प्रदर्शन

बलात्कारीलाई कारबाहीको माग गर्दै नेपाल महिला संघको प्रदर्शन

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अपराधी पत्तालगाई कारबाहीको माग गर्दै नेपाल महिला संघ कमल गाउँपालीकाले बिरोध ¥याली निकालेको छ । हत्या हिंसा बन्द गर, महिला आमा हुन सम्मान गर्न सिक, बलात्कारीलाई फाँसी दे लागयतका नारा लेखिएको प्ले कार्ड बोकेका महिलाहरुको ¥यालीले केर्खा बजार परिक्रमा गरेको थियो । ¥याली पछि आयोजीत कोणसभालाई सम्बोधन गर्दै महिला संघ केन्द्रिय सदस्य तथा सांसद महेन्द्र कुमारी लिम्बुले सरकारलेनै अपराधीको संरक्षण गरेको आरोप लगाउनु भयो । बलात्कारीलाई कारबाहीको माग गर्ने जनतामाथि गोली ठोकेर सरकारले अपराधीको संरक्षण गरेको उहाँले आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई प्रसाईंले दैनिक रुपमा महिला हिँसाका घटनाहरु भैरहँदा पनि सरकार मौन बसेको भन्दै आलोचना गर्नु भयो । महिला संघ गाउँपालीका सम्योजक दिपा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघ दमक नगर सभापती मन्दरा पौडेल, पुर्व क्षेत्रीय सभापती चन्द्रा खड्का भट्टराई, कांग्रेस जिल्ला सदस्य मेनुका बुढाथोकी, महिला नेतृ यसोदा भट्टराई लागयतले बोल्नु भएको थियो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...