Home / ट्रेन्डिङ्ग / माइलि दिदिको मृत्यु

माइलि दिदिको मृत्यु

-कुशुम तामाङ

  “नारि प्रकृतिको समस्त कोमलता र सुन्दरताको प्रतिक हो ”नारिको बारेमा कसैले भनेको यो कुरा सुन्दा हृदय निकै प्रफुल्लीत हुन्छ र यदाकता मनमा म पनि नारि हुँ भन्ने अहम पैदा हुन्छ । धेरे दिन भयो मन स्थिर छैन, वेचैनी धेरै बढेको छ । पछिल्लो समय दिनहुँजसो मेरो  समाजमा जुन किसिमका घटना घटीरहेको छ त्यो देख्दा लाग्छ की नारिको रुप हुनु अभिसाप हो, नारि हुनु पिडा हो अनि दुर्भाग्य हो ।

आज प्रत्येक दिन सञ्चार माध्यम रेडियो, टी.भि, अनलाईन र पत्रपत्रीकामा र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउने महिला हिँशाको समाचार अझ स्पस्ट भन्नुपर्दा बलात्कारका घटनाले म वाक्क दिक्क भैसके । आजभोलि दैनिकिनै बनेको छ बिहान शबेर देखि राति अबेर सम्म दिनहँु हुने बलात्कारका घटनाको चर्चा गर्नु । बलात्कारको घटना आज मानव जातिकै लागि घोर लज्जाको विषय बनेको छ । आज छोरी बाबुको काखमा सुरक्षीत छैन, कहिले नौ महिने बालिका शिशु त कहिले ८५ बर्षिय वृद्ध बलात्कृत भएको घटना त कहिले नौ बर्षिय बालक बलात्कार जस्तो अपराध कार्य गर्न उद्धत भएको समाचार सुन्दा जो कसैलाई पनि लज्जाबोध महशुस हुनु स्वभाविक नै हो । सँसारमा भएका अनेकथरिका अपराध कर्ममध्ये शबैभन्दा घिनलाग्दो र घृणित श्रेणीको अपराध हो बलात्कार ।

व्यक्तिपिच्छे जिन्दगिका कथाहरु फरक फरक हुन्छन् । मैले भोगेको र देखेको जस्तो जिन्दगि शबैको नहोला त्यसैले मेरो विचार र भावनाप्रति एकैमत हुनुपर्छ भन्ने पक्कै पनि जरुरि छैन । शब्द भन्दा धेरै फरक हुँदोरहेछ जिन्दगि । जिन्दगिका हरेक भोगाइलाई शब्दमा उतार्न पनि निकै मुश्कील हुँदोरहेछ । मलाई थाहा छ सत्यको पर्दा उघारेर सत्य देखाउन खोज्नु मेरो मुर्खता हो । दिनहुँजसो समाचारमा सुनीने बलात्कारका घटनाले मलाई मेरो जिन्दगिको मैले चाहेर पनि भुल्न नसकेको मेरो अतितलाई सम्झाईदिन्छ । मेरो अतितको कुरा सुनाउनुभन्दा पहिला केहिदिन अघिमात्र मैले बसोबास गर्ने टोलमा घटेको एउटा घटना सुनाउन मन लाग्यो ।

आजभन्दा तिन दिन अघिमात्र घटेको घटना हो मेरो टोलमा भएको शिव मन्दीर छेउको सडक पेटीमा एकाबिहानै एउटी अर्धबैँशे आइमाइको बेबारिसे लाश फेला पर्यो । टोल सानो भएकोले एकछीन निकै हो–हल्ला र खैलाबैला मच्चीयो, टोलबाशि शबै जम्मा भएको भिड देखेर म पनि त्यहाँ पुगे । अहो! मलाई आश्चर्य लाग्यो किनकी त्यहाँ देखिएको आइमाइको बेबारिसे लाश म र मेरो टोलको लागि कुनै नौलो थिएन । करिब ३०–३५ बर्सिय ति आइमाई अरु कोहि नभई माइली दिदि थिइन् जो बर्षौदेखि हाम्रो टोलमा बस्दै आएकी थिइन । वाश्तबमा उनको परिचय माइलि दिदि बाहेक केहि थिएन किनकी उनी मानसिक सन्तुलन गुमाएकी सुस्त मनस्थितिकी थिइन । धेरैजसोले उनलाई बहुलाहि आइमाई भनेर चिन्दथे त कसैले माया गरेर माइली दिदि भनेर बोलाउँथे । उनी को थिइन कहाँबाट आएकी थिइन त्यो कसैलाई थाहा थिएन तर बर्षौँ भइसकेको थियो उनि यहि टोलमा बसेको ।

बहुलाहिनै भएपनि उनले कसैको केहि बिराएकी थिइनन्, मानसिक सन्तुलन गुमाएकै भएपनि कसैसँग नरामो्र बचन कहिल्यै बोल्दीनथिन् । न सुर थ्यो न ताल थ्यो केहि थियो त सिर्फ बेहाल थ्यो उनको जिन्दगि । बहुलाहि भएर पनि सज्जनको भन्दा सभ्य उनको बानी देखेर कहिलेकाहिँत म पनि छक्क पर्थे । जे होस, आज उनि यो लोकबाट बिदा भइसकीन् । मैले मेरो जिन्दगिको तीन दशक पार गरिसक्दासम्म कहिल्यै पनि मेरो आँखाले त्यस्तो घटना नजीकबाट नियाल्नुपरेको थिएन । शबैले नियालिरहेको त्यो लाशलाई केहि क्षण मैले पनि नियाल्ने प्रयास गरे । म पनि एउटी विवाहीत नारि भएकोले लछारपटार पारिएको उनको केश, शरिरका केहि भागमा नङले कोतारिएको डाम, कहिँकतै उद्रेको कपडा र त्यो थोत्रो कपडामा मैलको टाटोसँगै मिस्रित रगतको टाटो देख्दा कसैले जबरजस्ती उनको शरिरसँग खेल्ने प्रयास गरेको थियो भनेर ठम्याउन मलाई त्यती गाह्रो भएन । मैले नियालेर हेर्दा देखेका यि शबै कुरा त्यहाँ उपस्थित शबैले देखे वा देखेनन् मलाई थाहा छैन ।

शबैले विचरा भनेर समबेदना प्रकट गरिरहेको बेला मैले पनि विचरा! शिवाय अरु केहि भन्न सकीन र त्यसै दिन केहि चन्दा सँकलन गरेर माइलि दिदिको अन्त्येस्टी गरियो र उनको कथा त्यहीँबाट सकीयो । आज कैयौँ माइलि दिदिहरुको कथा यसरी नै सकीएको छ । माइलि दिदिले न आफ्नो पीडा यो समाजलाई सुनााउन र देखाउन सकीन् न त यो समाजले उनको पीडा हेर्ने प्रयास नै गर्यो । शबै कुरा जानेर, देखेर अनि बुझेर पनि मौन बस्न कीन बाध्य छ मेरो समाज ? आखीर कीन ??हुन त नाथे एउटी बहुलाहिको मृत्यू भएको न हो यसमा ठूलो कुरा के नै पो छ र! जसरि मरेपनि ।

मनमा यस्तै प्रश्नले कब्जा जमाएको छ, सोधौँ त म कस्लाई सोधौँ ? अब कुरा गरौ मेरो अतितको । भुल्न खोज्दा पनि पटक्कै भूल्न नसकेको कुरा । आजका दिनसम्म मैले कसैलाई भन्न नचाहेको र नभनेको मेरो जिवनमा घटेको एउटा दुर्घटना । शारिरिक कष्ट त्यती दुखलाग्दो हुँदैन जती अपमानबाट हुन्छ सायद यहि सोचेर मैले अपमानको डरले शारिरिक कष्ट सहने निधो गरे । दुई दशक अघिको घटना सम्झन्छु म । भर्खर दश पुरा भएर एघार वर्ष लागेकी फुच्ची केटी म । शरिरको कुरा गर्ने हो भने शारिरिक वृद्धि हुने क्रम जारि थियो । शरिरमा केहि परिवर्तन हुने क्रम त थियो नै तर त्यसबेलसम्म मलाई रजस्वला भएको थिएन र यो कुरासँग म अन्जान थिए । आमाको झोलामा सेफ्टी प्याड देख्दा खुब उत्सुकताकासाथ यो के हो भनेर हैरान पारेकी थिए । दशैँको माहोल भर्खर सकीएको थियो । काठमाण्डौ मामाघरबाट हामी नाइट बसमा झापा घर आउनुपर्ने थियो ।

चाडवाडको माहोल भर्खर सकिएको गर्दा होला टीकट पाउन अलि मुस्कील परेको थियो । आमाले जसोतसो बसको टिकट लिनुभयो र हामि झापा फर्कने पक्का भयो । रातिको करिब एघार बजेको थियो । बसमा सवार हामि शबैको यात्रा लामो समयकै लागि थियो । रातको समय बसको सिटभन्दा धेरै यत्रु भएकै कारण शबैजना मिलेर बस्ने प्रयास गरिरहेका थिए त्यहीक्रममा साना बच्चालाई सकेसम्म ठूलाबडाले आफ्नो काखमा च्याप्ने प्रयास भयो र म सानी फुच्ची पनि आफू बसेकै सिटमा नभई एउटा अजङ्गको डरलाग्दो लोग्ने मान्छेको काखमा बस्न पुगे । पराई मान्छेको काखमा बस्दा डराउनु नया कुरा थिएन तर आमा छेउमै भएकाले डर अलिकति कम थियो । सायद बसको यात्रा र पराई मान्छेको काखमा बस्नु परेर होला रात्रि समयमा पनि म निदाउन सकीन । म ननिदाई मेरी छेउकी आमा र बसका प्राय शबै यात्रु निदाए । मलाई अपरिचित मानिस त्यसमा पनि पुरुषको काखमा बस्नुपर्दा निकै अप्ठ्यारो महशुष भैरहेको थियो तर पनि बाध्य थिए । रात छिपिएसँगै मलाई काखमा राख्ने त्यो अपरिचित पुरुषको हातका औलाहरु मेरो शरिरमा शलबलाउन थाले ।

शरिरका अँगहरुमध्ये जुन अँगको नाम हामि अनावश्यक रुपमा उच्चारण पनि गर्दैनौ ती अँगहरुमा उसका हत्केलले मलाई सुम्सुमाउन थाले । कहिले मेरो घाँटीमुनी त कहिले कम्मरमुनी सुम्सुमाउन र निचोर्न त्यो व्यक्तीले मेरो शरिरको कुनै पनि भाग खाली रखेन । बोल्न र चीच्याउन सक्ने फुच्चीनै थिए म तर त्यस बखत बोल्न र चीच्याउनत परको कुरा मलाई श्वास फेर्न पनि गाह्रो भइरहेको थियो । मेरो शरिर सुम्सुमाउँदै उसका दाराले मेरो घाँटीमा टोक्दा लाग्थ्यो की त्यस व्यक्तीले मलाई निल्न मात्र बाँकी छ । त्यो दिन मेरो जिवनको शबैभन्दा घिनलाग्दो दिन । मेरो जिवनको शबैभन्दा डरलाग्दो दुर्घटना जुन दुर्घटनामा केवल म मात्र घाइते भएकी थिए ।, त्यो रात मैले एकपटक पनि मेरो आँखा झिम्काउन सकीन तर  डरलाग्दो त्यो अपरिचित मान्छेको अनुहार देख्न पनि सकीन । डर भनेको कस्तो हुन्छ मैले साँच्चै कहशुस गरे त्यो दिन ।

छेउकै सिटमा रहेकी मेरि आमासँगै बसमा सवार शबैजना निदाएको देख्दा यस्तो लाग्यो की शबैजना जानी जानी आँखा चिम्लिरहेका छन् र मलाई आफ्नो काखमा राख्ने त्यो व्यक्तिलाई उनीहरुलेनै त्यस्तो घिनलाग्दो काम गर्न उक्साइरहेका छन् । जसोतसो रात सकिएर बिहान भयो घाम उदाएसँगै शबैको आँखा खुल्यो र मलाई त्यतीबेला यस्तो लाग्यो शबैजनाले म सँग राति घटेको घटना थाहा पाएका छन् र मेरो वरिपरि बसेका प्रत्येक वयक्तीको आँखाले मलाई घीनले हेरिरहेका छन् । आफैसँग धेरै घिन लाग्यो मलाई त्यस दिन र त्यपछिका दिनमा पनि मलाई मेरो शरिर यस्तो फोहोरि लाग्यो की त्यो फोहोर जतीसुकै साबुन पानीले धेएपनि कहिल्यै पखालिदैन । पछि मलाई थाहा भयो त्यसदिन म बलात्कृत भएकी रहेछु । एकान्त नभई धेरै भिड भएतापनि अनी म मेरि आमाकै शामु भएता पनि म बलात्कृत हुनबाट बँच्न सकीन । म बलात्कृत भए भनेर कसलाई सुनाउने । त्यसैपनि छोरि मान्छेको इज्जत सियोको टुप्पोमा हुन्छ ,माटोको घैलाजस्तै हुन्छ छोरिको इज्जत मैले यहि बुझेकी थिए त्यसैले बदनाम हुने डर, अपमान हुने डर र इज्जत गुम्ने डरले त्यसबेला मेरो घाँटी समात्यो र म आवाजबिहिन भए । आज सम्झन्छु कास त्यो दिन म बोल्न सकेकी भए, म चीच्याएकी भए अनि मेरो मनमा डर नभएर विरोधाभास भएको भए ।

सत्य यहि हो म पनि बलात्कृत हो । यस्ता घटनाको चर्चा गर्दा कहिलेकाँहि भद्या मजाक पनि सुनीन्छ । एउटी नारिको पिडामा अर्की नारिले अझै पिडा थपिदिन्छिन् अनि बलात्कार गरुन्जेल के हेरेर बसि रे त । पुरुषका कुरा पनि त्यस्तै अब त केटिहरुलाई केहि नभनौ है फेरि मलाई बलात्कार गर्न खोज्यो भन्न बेर लाउँदैनन् यस्तै यस्तैे ।। कसैको पिडा कसैलाई मजाक बनिदिन्छ जे होस मान्छेको जात न हो आफैले म पविर्तन हुन्छु नभनुन्जेल कस्ले पो परिवर्तन गर्न सक्छ र ।

आज पनि अँध्यारोमा कैयौँ बलात्कारका घटना घटीरहेकै छन् र कयौँ बालिका अनि कैयौँ माइलि दिदिहरु चुपचाप बस्न बाध्य नै छन् । घर बाहिर होस या घरभित्र होस बलात्कारका घटना घटेकै छन् । कति घटना शार्वजनिक भए त कति लुकाइएका छन् ।धेरै गम्भिर र लज्जाको विषय बनेको छ आज आज कुनै पनि पुरुषबाट बलात्कृत हुनु, त्यतीमात्र नभएर हत्या गरिनु अनि न्यायिक अधिकारिबाटै अपराधिलाई सँरक्षण दिनु जस्ता घटना । बलात्कार गर्नुमात्र होइन बलात्कारको आरोप लगाउनु पनि ठूलो अपराध हो । न जात न धर्म, न आफ्नो न पराई न त उमेरनै भन्छ यहाँ त बलात्कारिले बलात्कार गरिरहेकै छ अनि पिडितले न्यायको भिख मागिरहेकै छ । दिनहुँजसो घट्ने बलात्कारका घटनाले स्त्री र पुरुष बिचको सम्बन्धको शबैभन्दा सुन्दर स्वरुप “प्रेम”  आज विकृतिको रुपमा परिवर्तन हुँदैछ । आखिर कहिलेसम्म केहि थाहा नभएको जस्तो गरि चुपचाप बस्ने ? आखिर कहिलेसम्म पिडा मात्र सहने ? के अब आवाज उठाउन जरुरि छैन र? के अब फेसबुकको प्रोफाइल राम्रो बनाएजस्तै समाजको प्रोफाइल राम्रो बनाउन आवश्यक छैन र ?

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...