Home / अन्तराष्ट्रिय / सामाजिक काम गर्ननै मजा आउँछ : तिलक पक्वाल

सामाजिक काम गर्ननै मजा आउँछ : तिलक पक्वाल

पुर्वि नेपालमा रहेको भुटानी शरणार्थिहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्था कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा गत २२ तारिखमा सांगितिक कार्यक्रम सम्पन्न भएको छ । चर्चित कलाकार सत्य–स्वरुप आचार्य, ह्विल्सन विक्रम राई (तक्मे बुढा) लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रममा जेष्ठ नगारिकहरुलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको थियो ।
उक्त कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागी झापाको खुदुनाबारीमा रहेको शरणार्थि शिबिरमा रहेर तेस्रो देश पुनर्वासको क्रममा अमेरीका पुग्नु भएका तिलक पक्वाले ठुलो सहयोग गर्नु भएको थियो ।
बुबा प्रिथि पक्वाल र आमा चन्द्रा पक्वालका छोरा तिलक भुटानी शरणार्थि शिबिरमा रहँदा पनि फुटबलको राम्रो खेलाडी हुनुहुन्थ्यो । तेक्वान्दोका ब्ल्याकबेल्ड फर्स्ट डोन समेत रहनु भएका तिलक यहाँ रहँदा शिक्षण पेसामा समेत आबद्ध हुनुहुन्थ्यो । हाल अमेरीकी रिजर्भ प्रहरी फोर्समा जागीरे हुनुहुन्छ । जागीरका साथै अमेरीकामै भिजन होम हेल्थ केयर, ग्रोसरी एण्ड नेपाली किचन, माउण्टेन ट्रभल्स लगायतका बिभिन्न व्यवसाय सञ्चालन गरिरहनु भएको छ । तिलक पक्वालकै बिषेष सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । वहाँ संग गरिएको कुराकानी ।
कार्यक्रम कस्तो रह्यो ?
कार्यक्रम एकदमै उत्साहप्रद बन्यो । नेपाल बाट आउनु भएका कलाकारहरु पनि अत्यन्तै खुशी हुनुभयो । यहाँ उपस्थित दर्शकहरुले पनि मनोरञ्जन लिनु भयो । भब्य रुपमा कार्यक्रम सम्पन्न भयो ।
के उद्देस्यले यो यो सांगितिक कार्यक्रम गर्नु भएको हो ?
हामि भुटान बाट लखेटीए पछि अत्यन्तै कष्टकर शरणार्थि जिवन बितयौं । बिभिन्न कारणले गर्दा हामि कतिपय तेस्रो देश पुनर्वास भएर बिभिन्न मुलुकमा छरिएका छौं । हिँजोको शरणार्थि जिवन भन्दा अहिले केहि सहज भएको छ । तर हाम्रै कतिपय आफन्त अभैm पनि शरणार्थिकै जिवन बाँचिरहनु भएको छ । हामि त्यहाँ बस्दाको अभाव, समस्या सबै हामिले बुझेका छौं । त्यसैले शरणार्थि जिवन बिताईरहेका केहि बालबालीकाको शिक्षामा सहयोग गर्न सकिन्छ की भनेर कार्यक्रमको आयोजना गरेका हौं । त्यसका साथै यता अमेरीकामा रहेका हामि युवा साथिहरु त बिभिन्न सामाजिक संजालबाट नेपाल संग जोडिईरहेका हुन्छौं । तर हाम्रा अग्रजहरु, जेष्ठ नगारिकहरु र कतिपय शारिरिक रुपमा अशक्तहरु भने नयाँ प्रबिधिसंग घुलमिल हुनुहुन्न । यहाँको परिवेसमा नेपालीपन, नेपाली संस्कृती उहाहरु जहिल्यै मिस गर्नु हुन्छ । त्यसैले जेष्ठ नगरिक र अपांगता भएकाहरुलाई नेपाली पनको मनोरञ्जन दिने पनि हाम्रो उद्देस्य रहेको थियो । जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई हामिले प्रवेसमा कुनै शुल्क पनि लिएका थिएनौं । उहाँहरुको अत्यन्तै उत्साहजनक उपस्थिति रह्यो ।
कार्यक्रम कत्तिको सफल भयो ?
अत्यन्तै सफल बन्यो । हामिले सोचेको थिएनौं की यति धेरै साथ र सहयोग पाईएला भनेर । यहाँ रहनु भएका नेपाली समुदायहरुको ठुलै उपस्थिति रहेको थियो । म यो कार्यक्रमबाट अत्यन्तै सन्तुष्ट छु । कार्यक्रम सम्पन्न गर्नको लागी धेरै साथिहरुले प्रायोजन समेत गर्नु भएकोले कार्यक्रम सत प्रतिसत सफल भयो । हामिले सोचे अनुसारनै रकम पनि केहि जम्मा गर्न सक्यौं ।
तपाईहरुले अहिले कति जना बिद्यार्थिहरु पढाईरहनु भएको छ ?
यस अघिनै हामिले एक जना बिद्यार्थिलाई सम्पुर्ण खर्च व्यहोरेर पढाईरहेका छौं । यस पटकको खर्चले अर्को एक जना बिद्यार्थिलाई पढाउने जिम्मा लिंदैछौं । त्यसको अलावा शरणार्थि शिबिरमा भएका अन्य शैक्षिक लगायतका कार्यक्रममा पनि सहयोग गरिरहेकै छौं ।
आगामी दिनमा पनि बेल्डाँगी र पथ्रिका शिबिरका अन्य बिद्यार्थिहरुलाई पनि अध्यापन गराउने योजना छ । यस पटकको यो कर्यक्रममा यति धेरै साथ पाईयो की । आगामि दिनमा अझ धेरै उत्साह जागेको छ । हामि यहि परदेशी माटोमा बसेर भए पनि शरणार्थि जिवन बिताईरहेका हाम्रा दाजुभाईलाई सहयोग गर्न चाहन्छौं ।
कार्यक्रमको लक्ष त्यहाँका जेष्ठ नगारिकहरुलाई नेपाली मनोरञ्जन दिने भन्नु भयो । अहिले जेष्ठ नागरिकहरुको अवस्था चाहिँ कस्तो छ ?
अब हामि लामो सयम शरणार्थि जिवन बिताएर बसेको सबैलाई थाहै छ । शरणार्थि जस्तो कठोर जिवनबाट छुटेर अहिले यहाँ आउँदा सबैलाई सहजै छ । हुन त आफ्नो भाषा, संस्कृती लगायतका कुराहरु त आफ्नो देशमा जस्तो कहाँ हुन्छ र ? तर पनि अवस्था एकदमै राम्रो छ । हामिले पनि हाम्रो समुदायका ६० बर्ष कटेका जेष्ठ नागरिकहरु कुन अवस्थामा हुनुहुन्छ भनेर घर घरमा पुगेर अवस्था बुझिरहेका छौं । उहाँहरुलाई यहाँ भाषाको समस्या नहोस् भनेर हरेक हप्ताको बुधबार अंग्रेजी भाषा सिकाउन निशुल्क कक्षा सञ्चालन गरेका छौं । हाम्रा अग्रजहरुलाई कुनै कुराको समस्या नहोस भनेर हामिले काम गरिरहेका छौं ।
आगामी दिनमा फेरी यस्ता कर्याक्रम गर्ने सोच के छ ?
एक दमै उत्साहित छौं । मेरो व्यक्तिगत कुरा गर्नु हुन्छ भने म त यो सामाजिक काम देखी टाढा जानै सक्दिन । मेरो व्यक्तिगत र पारिवारीक कार्यक्रम देखी थोरै फुर्सद निकालेर पनि म समाजमै लागीरहेको हुन्छु । त्यसैले आगामी दिनमा अझ धेरै योजनाहरु रहेका छन् । समयले कत्तिको साथ दिन्छ । हरेक क्षण समाज र समुदायकै लागी काम गर्न मजा पनि आउँछ । आगामी दिनमा अझ धेरै काम गर्ने योजना छ ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...