Home / ट्रेन्डिङ्ग / दमक नगरपालीका खुल्ला दिशामुक्त नगर घोषणा

दमक नगरपालीका खुल्ला दिशामुक्त नगर घोषणा

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
दमक नगरपालिकालाई आज औपचारिक कार्यक्रमबीच खुुल्ला दिशा मुक्त नगरपालिकाको रुपमा घोषणा गरिएको छ ।
४ बर्ष अघि देखि खुल्ला दिशा मुक्त नगर बनाउने योजनाको साथ अघि बढेको नगरपालिकालाई औपचारिक कार्यक्रमबीच जिल्ला भरीका १५ स्थानीय तह मध्ये ११ औं स्थानिय तहको रुपमा खुल्ला दिशा मुक्त नगर आधिकारिक घोषणा गरिएको हो ।
बिक्रम सम्बत २०७१ सालमा रहेका १३ हजार ७ सय ९२ घर मध्ये १ हजार १ सय १० वटा घर शौचालय विहीन अवस्थामा रहेका थिए । ४ बर्ष पछि दमक नगरमा रहेका १४ हजार ४ सय ५२ वटा घर मध्ये ४ सय ९४ वटा विपन्न परिवारका घरलाई प्रति घर ५ हजार बराबरको चर्पी निर्माणको सामाग्री प्रदान गरी गएको भदौ ७ गते नगर भरीका सबैघरमा चर्पीको व्यवस्था गरिएको कार्यक्रममा नगरका उप प्रमुख गीता अधिकारीले बताउनु भयो । कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले नगर सफा राख्न सवै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत गणेश तिम्सिनाले नगरलाई खुल्ला दिशामुक्त बनाउँन सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यष कार्यक्रमका प्रमुख अतिथि सोमनाथ पोर्तेलले खुल्ला दिशा मुक्तको व्यानर तथा प्रमाण पत्र नगरका प्रमुख रोमनाथ ओलीलाई प्रदान गर्नु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...