Home / ट्रेन्डिङ्ग / चुनाव लक्षित बिकासे योजनाले पुर्णता पाएनन् , दमक सहित झापाका तेह्रवटा सडक निर्माणमा रकम अभाव हुँदा योजना अलपत्र ।

चुनाव लक्षित बिकासे योजनाले पुर्णता पाएनन् , दमक सहित झापाका तेह्रवटा सडक निर्माणमा रकम अभाव हुँदा योजना अलपत्र ।

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
गएको निर्वाचन ताका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका दमकको हाइवे सेतुमारी सडक कालोपत्रेका लागि बजेट नुहदाँ निर्माण कार्य अलपत्र बनेको छ ।
दमक– १० स्थित संगम चोकदेखि सेतुमारीको मावा खोला पुलसम्मको साढे ६ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने काम बजेट अभाव हुदाँ अलपत्र परेको हो ।
डिभिजन सडक कार्यालय दमक अन्र्तगत दमक हाईवे –सेतुमारी सडकको कालोपत्रेका लागि काम शुरु भएको थियो । सो सडकको रौताह, आर के जेभीले २०७३ साल पुष १ गते ६ करोड ४७ लाख ८६ हजार ९ सय ४७ रुपैया ४६ पैसा अनुमानित बजेटबाट ठेक्का मार्फत ३ करोड ७७ लाख ८८ हजार ८ सय १ रुपैया ७७ पैसामा नेपाल सरकारको बजेटबाट २०७५ साल मंसिर २९ गते कालोपेत्रको काम सम्पन्न गर्ने गरि ठेक्का मार्फत काम शुरु गरेको थियो ।
निर्माण कम्मनीले गतवर्ष सो सडकमा चार वटा कल्र्भट र कालोपत्रे गरिने सवैभागमा १ करोड ९४ लाख ९२ हजार २ सय १३ रुपैया ११ पैसा खर्च गरि सव बेसको काम गरिसकेको डिभिजन सडक दमकका इन्जिनियर दिपेन्द्र चौधरीले जानकारी दिनु भयो ।
निर्माण पक्षले गत वर्षनै सबवेसको काम गरिसकेको भएपनि सो आयोजना शिर्षकको बजेट नहुदाँ बाँकी काम अगाडि बढाउन समस्या भएको इन्जिनियर चौधरीले बताउनु भयो । उहाँका अनुसार प्राविधिक हिसाबले गत वर्ष गरिएको सव बेशमाथि कालोपत्रे गर्न नसकिने भएकाले पुन सवबेशको काम गर्नुपर्ने भएको छ । जसका कारण अब यो सडकलाई पूर्णता दिन पुरानो बजेटले नपुग्ने भएकाले लागत समेत बढ्ने चौधरीको अनुमान छ ।
डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादवका अनुसार अहिले झापामा करिब ७ करोड बराबरका १३ सडकको बजेट अभाब हुदाँ कलोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन । जसमा दमकमा मात्र चार वटा सडक अलपत्र बनेका छन । दमकमा ति सडकको शिर्षक बजेट नहुदाँ हिमावि मधुमल्ला, कृष्ण मन्दिर– बेलडाँगी, हाइवे– सेतुमारी र दमक– चक्रपथ सडक रहेको डिभिजन सडक दमक प्रमुख यादबले बताउनु भयो । यसैगरि पश्चिम झापाको लखनपुर– मंगलबारे मजुरभिटटा हुदै शिवगञ्ज, गौरादह बैगुनधुरा –कोरोवारी सडक, गौरादह मिलन चौक –फत्तेपुर सडक तथा धममपुरको राना मिल– कुन्जिवारी, धरमपुर बस्नेत चोक जोड्ने सडक रहेका छन् । झापाकै पूर्वी क्षेत्रको जलथल अधिकारी चोक– घेरावारी सडक , पाठामारी– बालुमारी सडक, पथरीया –सुकुना डिपदेबी घेरावारी सडक र केचना चक्रपथ रहेका छन् ।
डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादबका अनुुसार यी सडकको काम कहिलेबाट अघि बढ्छ भन्ने पनि अन्यौलमै रहेको छ । निर्माण कार्यमा देखिएको बजेट अभाबको समस्या झापामा मात्र नभएर मुलुक भरकै भएकाले कहिले यी सडकको शिर्षक बजेट आँउछ भन्ने यकिन भइनसकेको प्रमुख यादबको भनाई छ ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...