Home / ट्रेन्डिङ्ग / अहिंसाको बाटो समाते सभ्य समाज निर्माण हुने किरात धर्म गुरु आत्मानन्द लिङदेनको भनाई

अहिंसाको बाटो समाते सभ्य समाज निर्माण हुने किरात धर्म गुरु आत्मानन्द लिङदेनको भनाई

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
अहिंसाको बाटो समाते समाज सभ्य हुने किरात धर्म गुरु आत्मानन्द लिङदेनले बताउनु भएको छ ।
भूटानी शरणार्थी शिविर वेलडाँगीमा रहेको किराँत मन्दिरमा आयोजना गरिएको २१ दिने पुजालाई आज समुद्घाटन गर्दै गुरु लिङ्देनले फुल उनेर माला बने जस्तो सुन्दर सभ्य समाज निर्माण गर्न अहिंसोको बाटो रोज्नु पर्ने बताउनु भयो । किराँती समूदायले जिवीत गुरुका रुपमा मान्दै आएका लिङदेनले सवैले सत्यको पक्षमा वकालत गरे जनहित हुने बताउनु भयो । किराँती समूदायमा मादकजन्य पदार्थको त्याग हुनु नै सुधारको मार्ग भएको उहाँले बताउनु भयो ।
किरात माङपोक्लुङ्ग माङहिमको आयोजनमा भएको कार्यक्रममा भारत, भूटान, नेपाल, अमेरिका, अष्ट्रेलिया, क्यानाडा समेतका भक्तजनहरुको उपस्थिति भएको माङ्हिमका अगुवा चिरञ्जीवि राईले बताउनु भयो । माङ्हिमका अध्यक्ष कृष्णविर लिङ्देनको अध्यक्षतामा भएको कार्याक्रममा विश्व शान्तिका लागि गरिएको पुजामा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र थेगिमले किरात धर्म प्राचीन धर्म भएकोले सवैले यसलाई आत्मासाथ गरेर जानु पर्ने बताउनु भयो । किराती समूदायका महागुरु नेपालको १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देन पछि जिवित गुरुका रुपमा किराँतीहरुले आत्मनन्द लिङ्देनलाई मान्दै आएका छन् ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...