Home / ट्रेन्डिङ्ग / गौरादह नगरपालीकामा पुर्ण बिद्यार्थि भर्ना अभियान सकियो

गौरादह नगरपालीकामा पुर्ण बिद्यार्थि भर्ना अभियान सकियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
झापाको गौरादह नगर स्रोतकेन्द्रभित्र आधारभूत तहमा सम्पुर्ण विद्यालय उमेर समूहका बालबालिकाहरु भर्ना भएको उदघोषणका साथ पूर्ण विद्यार्थी भर्ना २०७५ घोषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिका भित्र रहेका आधारभुत तहमा विद्यालय जाने उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर नरहेकाले गौरादह नगरलाई पूर्ण विद्यार्थी भर्ना घोषणा गरिएको हो ।
आज एक कार्यक्रमका विच नगपालीकाका प्रमुख रोहित कुमार शाहले नगरपालीकामा बिद्यार्थि पुर्ण भर्ना भएको घोषणा गुर्न भयो । गौरादह नगरपालीकालाई सबै क्षेत्रबाट उन्नत नगर बनाउको लागी योजना बनाएर अघि बढिएको उहाँले कार्यक्रममा बताउनु भयो ।
प्रमुख अतिथि नगर प्रमुख शाहले विद्यालयमा बालबालिकाको भविष्य उज्जवल बनाउन शिक्षा साकार बजेट पास गर्ने नगरपालिकाको योजना रहेकाले विद्यालयको भौतिक संरचना निर्माण, छात्रा मैत्री शौचालय निर्माण गर्नुको साथै विद्यालयलाई कम्प्युटरको व्यवस्था गरिने बताउनुभयो ।
विद्यालयमा प्राथमिक उपचारका लागि आवश्यक औषधी उपलब्ध गराइनुका साथै विद्यार्थीहरुका लागि स्वास्थ्य शिविर आयोजना गरिने उहाँले बताउनु भयो । नगरपालिका भित्र रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये दुइजना विद्यार्थीहरुलाई निशुल्क शिक्षा उपलब्ध गराउने पनि नगर प्रमुख शाहले घोषणा गर्नुभयो । गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा इ–हाजिरिको व्यवस्था गर्ने बताउनुभयो ।
नगरपालीकामा अब बिद्यालय जाने उमेरका कोहि पनि बिद्यालय बाहिर नरहेको घोषणा गरिएको नगरपालीकाकी उप प्रमुख गिटा भेट्वालले बताउनुभयो ।
बिद्यालय भर्ना अभियान अन्तर्गत नगरपालीका भित्रका ३२ वटा बिद्यालयमा यस बर्ष मात्रै बाल कक्षा तहमा ८ सय ८७, आधारभुत तहमा ५ हजार २ सय १२ र माध्यमिक तहमा ४ सय ७७ गरि जम्मा ६ हजार ५ सय ६७ बिद्यार्थि भर्ना गरिएको नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...