Home / कला/साहित्य / बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने

बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने भएको छ । भोली घटस्थापनाको दिनबाट रिलिज हुन लागेको चलिचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेज रहेको छ । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने चलिचत्रले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ ।
दशैँको छेको र सोलो रिलिजको मौका पाएको चलिचित्र दमकका दुवै वटा हललमा लग्ने चलचित्रका बितरक तथा पाथिभर चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले जानकारी दिनुभयो ।
२ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ ।
चलिचित्रलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ । स्टार कलाकार, गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र गतिलो प्रचारका करण चलचित्र बहु प्रतिक्षित बनेको छ ।
’कमेडी विथ कन्टेन्ट’ भनिएको चलचित्रमा दिपकराज गिरीको कथा रहेको छ । चलिचित्रमा गिरीसँगै दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, बर्षा राउत, संजोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...