Home / अपराध / लागु औषध प्रयोगमा नियन्त्रणको लागी सचेतना जरुरी

लागु औषध प्रयोगमा नियन्त्रणको लागी सचेतना जरुरी

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
पछिल्लो समय बढ्दै गएको लागु औषध प्रयोगकर्ताको संख्या कम गर्न जेलमा थुनेर मात्र नभई जरैबाट हटाउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिइएको छ ।
आज दमकमा भएको लागु औषध दुव्र्यसन विरुद्ध अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवाला निकायका उच्च तथा जिम्मेवार पदाधिकारीले सो कुरा बताएका हुन । दमक नगर पालिकाको आयोजना तथा चेतना नेपालको सहयोगमा भएको कार्यक्रममा पछिल्लो समय झापा समेत तिव्ररुपमा लागु औधष प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको बताइएको छ ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनराज दाहालले विश्वमा नै लागु औषध तथा दुव्यर्सनको समस्या बढ्दै गएकोले यसको न्यूनिकरणमा स्थानीय निकायले चासोका साथ पहल तथा कार्य गर्नु पर्ने बताउनु भयो ।
यस्तै अभिमुखिकरण कार्यक्रमका चेतना नेपालका प्रशिक्षक इन्द्र प्रसाद ओलीले नागरिक र अभिभावक सवैले पहल गरे मात्र दुव्यर्सनी सम्बन्धीको समस्या कम भएर जाने बताउनु भयो । कार्यक्रममा झापा जिल्ला प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले लागु औषध प्रयोगकर्तालाई थुनेर मात्र नभई सवैले चासो दिएर जरा उखल्ने प्रयास गर्नु पर्ने बताउनु भयो । उपरिक्षक ढकालले आफूले जिल्ला भर यो विषयमा नाका देखि लिएर कारोवार गर्नेसम्म कडाईका साथ कदम चालेको दावी गर्नु भयो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी मध्ये केहीले प्रहरी प्रशासनले चासो नदिएको कारण यस्ता घटना बढेको समेत आरोप लगाएका छन् । कार्यक्रममा जनप्रतिनिधि र सामाजिक संघ संस्थाका जिम्मेवार पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...