Home / ट्रेन्डिङ्ग / शहिद धर्मभक्त मावि कमलको स्वर्ण महोत्सवको तयारी तिब्र

शहिद धर्मभक्त मावि कमलको स्वर्ण महोत्सवको तयारी तिब्र

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
झापाको कमल गाउँपालीका वडा नम्बर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औ स्वर्ण महोत्सव समारोह मनाउने तयारी धमाधम भैरहेको जनाएको छ ।
स्वर्ण महोत्सव मनाउन का लगी विद्यालयले गठन गरेका विभिन्न उप समितीले आगामी २०७५ साल माघ १६ देखि विभिन्न कार्यक्रम गरी सप्ताहाव्यापि रुपमा मनाउन लागीरहेको तयारीका बारेमा आ आफ्ना प्रगतिको बारेमा आज जानकारी गराएका छन् ।
प्रगतिका बारेमा जानकारी गराउदै स्मारिका प्रकासन उपसमितीका संयाजक हेमनाथ अधिकारी अर्थिक उपसमिती संयोजक लेखनाथ खतिवडा, प्रचारप्रसार उपसमिती संयोजक मधुसुधन अधिकारीले आफुहरुले आ आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको बताउनु भयो ।
त्यसैगरी पुर्व विध्यार्थि संयोजक शिव कुमार ढुङ्गेल, पुर्व शिक्षक सम्पर्क समिती संयोजक हिम प्रसाद दहाल लगायत विभिन्न उपसमितीले आ–आफ्नो प्रगतिका बारेमा जानकारी गराउनु भएको विध्यालयका प्रध्यानापक काजिमान पौडेलले जानकारी दिनुभयो ।
विध्यालयले आगामि शैक्षिकसत्र देखी प्रविधिक प्रविधिक जनशक्ति उत्पादन गर्नका लागी सिभिल ईन्जिनीयरिङ को कक्षा सन्चालन गरीने समेत स्वर्ण महोत्सव समारोह मुलसमितीका सदस्य चक्र बाहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...