Home / ट्रेन्डिङ्ग / गौरादहमा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु

गौरादहमा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/
झापाको गौरादह नगरपालीकामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । बिषेश गरी असोज देखी मंशिर महिना सम्म देखिने डेंगुको संक्रमण एजिप एजिप्टाई जानको पोथी लामखुट्टेको टोकाई बाट हुने गरेको छ । यो लामखुट्टे जमेको सफा पानीमा मात्रै बस्ने भएकोले पसल छेउछाउमा राखेका टायर, पानीका बोतल, टिनका खाली बट्टा, एसि, फ्रिजमा जमेको पानीलाई सफाई गर्ने अभियान आज बाट सुभारम्भ गरिएको नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । १ नम्बर वडा कार्यालयमा आज बिहान एक कार्यक्रम गरि अभियानको सुभारम्भ गरिएको छ । नगरपालीकाका निमित्त प्रशासकिय अधिक्रित दिपक दाहालको अध्यक्षतामा कार्यक्रम गरी डेंगु सार्ने लार्भा नष्ट गर्ने अभियानको सुभारम्भ गरिएको हो ।
आज गौरादह बजारको डिपु चौक आसपारका ११ वटा पसल तथा ग्यारेजमा अभियान सञ्चालन गर्दा पाँच वटा जति ग्यारेज र पसलमा लार्भा भेटिएको गौरादह नगर स्वास्थ्य शाखाका शिनियर अहेव गोबिन्द श्रेष्ठले जानकारी दिनुभयो । भेटिएका लार्भा लाई नष्ट गरी सरसफाईको जनचेतना जगाईएको उहाँले बताउनु भयो । यो अभियान आगामी मंशिर सम्म निरन्तर रहने पनि उहाँले बताउनु भयो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...