Home / ट्रेन्डिङ्ग / घटस्थापनाको अवसरमा दमक सहित बिभिन्न ठाउँमा सरसफाई

घटस्थापनाको अवसरमा दमक सहित बिभिन्न ठाउँमा सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २४
घटस्थापनाको अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् ।
आप्mनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् ।
यसैक्रममा कमल गाउँपालिका–५ र ६ मा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको कमल –५ का वडाध्यक्ष डम्बर निरौलाले बताउनुभयो । वडा कार्यालय, रेडक्रस लखनपुर उपशाखाको आयोजना तथा आधा दर्जन बढी विभिन्न संघसंस्थाहरुको सहभागितामा वृहत सरसफाई गरिएको थियो । सरसफाईको समापन पाडाजुंगीमा आएर कोणसभा गरि समापन गरिएको थियो । रेडक्रसकी कार्यवहाक सभापति चन्द्रकला भण्डारीको अध्यक्षता तथा वडाध्यक्ष निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यसैगरि दमकमा पनि होटल व्यवसायी संघ सहितका विभिन्न संघसंस्थाहरुले सरसफाई सम्पन्न गरेका छन् । विभिन्न संघसंस्थाहरुको सहभागितामा दमकको चौंकमा सरसफाई गरिएको आयोजक होटल व्यवसायी संघ क्षेत्रीय समितिका अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो ।
उता शिवसताक्षीको दुधेमा पनि आजनै विभिन्न संघसंस्थाहरुले दुधे वजार सरसफाई सम्पन्न गरेका छन् । सहकारी संस्था, उद्योगी, व्यवसायीहरुको वृहत सहभागितामा दुधे वजार सरसफाई गरिएको स्थानीय पत्रकार छविलाल दवाडीले बताउनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...