Home / खेलकुद़़ / प्रथम कचनकवल प्रिमियर लिग क्रिकेट : बिद्यार्थी र बगान बिजयी

प्रथम कचनकवल प्रिमियर लिग क्रिकेट : बिद्यार्थी र बगान बिजयी

सप्तरंगी एफएम / कचनकवल  / २४ असोज २०७५

झपाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको  खेलमा बिद्यार्थी क्रिकेट क्लब र बगान क्रिकेट क्लब बिजयी भएका छन् ।

विद्यार्थीले पथरिया भीआईपीलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको पथरियाले ११ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५० रन जोडेको थियो जवाफी ब्याटिंग गरेको विद्यार्थीले ६ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष पुरा गरेको हो । टिमलाई सहज जित दिलाउन कृष्ण मुर्मुले एक्लै ५ विकेट लिनुभयो । मुर्मु म्यान अफ द म्याच घोषित पनि हुनुभयो ।

आजै भएको दोश्रो खेलमा बगान क्रिकेट क्लबले केचना लायन्सलाई ४३ रनले हराऎको हो । टस हारेर पहिले ब्याटिंग गरेको बगानले १६ ओभर खेल्दै १४७ रन बनाएको थियो, जवाफी ब्याटिंग गरेको केचनाले १४ ओभरमा मात्र १०४ रन बनाउन सक्यो ।खेलमा बिजयी टिमका लागि ५९ रनको योगदान दिएका मिलन भट्टराई मेन अफ द म्याच घोषित हुनुभयो ।

यस अघि हिजो भएको उद्घाटन खेलमा पथरिया माविलाई १५ रनले हराउदै आयोजक आदर्श युवा क्लब बिजयी भएको थियो ।

आगामी कत्तिक १ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार र ट्रफी , उपविजेता टिमले नगद ८ हजार र ट्रफी प्राप्त गर्ने आयोजक आदर्श क्रिकेट क्लबका सल्लाहकार गोपाल पाठकले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...