Home / ट्रेन्डिङ्ग / बजार अनुगमनको नाममा झारो टार्ने काम, होटलमा म्याद गुज्रिएको खाद्य पदार्थ भेटिंदा समेत सुधार्नु होला भन्दै छाड्दै

बजार अनुगमनको नाममा झारो टार्ने काम, होटलमा म्याद गुज्रिएको खाद्य पदार्थ भेटिंदा समेत सुधार्नु होला भन्दै छाड्दै

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/
चाडबाडले छोपि सक्दा पनि स्थानिय सरकारहरुले तदारुकता नदेखाउँदा नागरिकहरु कालोबजारीको मार खेप्न बाध्य बनेका छन् ।
कतिपय स्थानिय तहहरुले बजार अनुगमन गरेको देखाए पनि झारो टार्ने खालको मात्र रहेको नागरिकहरुले गुनासो गरेका छन् ।
झापाका बिभिन्न स्थानीय बजारहरुमा दशैंको समयमा उपभोग्य सामग्री र कपडाहरुमा कालोबजारी भइरहेको नागरिकहरुले गुनासो गरेका छन् ।
उपभोक्ता हित संरक्षण ऐनले स्थानीय तहले गर्ने अनुगन समितिलाई कसुर अनुसार ५ हजार देखि ३ लाख रुपैयाँसम्म अन द स्पट जरिवाना गराउन सक्ने अधिकार दिएको छ । तर दमक नगरपालीकाले केहि दिन अघि गरेको बजार अनुगमनका क्रममा होटलमा म्याद गुज्रिएको खाद्य सामाग्रि भेटिंदा समेत अर्को पटक सुधार्नु होला भन्दै हिँडेको थियो ।
ऐनले अधिकार दिए पनि जनप्रतिनिधिबीच समन्वय नहुँदा कालोबजारीले प्रश्रय पाएको उपभोक्ता हित संरक्षण मञ्च झापाका अध्यक्ष डाक्टर नविन चापागाईं । तथापि दमक नगरपालीकाको अनुगमन समितिले पहिलो पटक चेतावनी पत्र दिएकोले यसलाई सकारात्मक रुपमै लिनु पर्ने उहाँले बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...