Home / ट्रेन्डिङ्ग / वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरियो

वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/
वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । घर घरमा घटस्थापना गर्नुका साथै बिभिन्न ठाउँमा सामुहिक रुपमा पनि नवदुर्गा पुजा गर्नकोलागी घटस्थापना गरिएको छ । दमकका बिभिन्न दुर्गा शक्तिपिठहरुका साथै बिभिन्न ठाउँमा सामुहिक रुपमा पुजा गर्दै जमरा राखिएको छ । भट्टराई कुल वंश प्रतिष्ठान दमक ४ परिसरमा पनि आज बिहान ७ः१५ बजेको उत्तम साइतमा जमरा राखिएको प्रतिष्ठानका नगर अध्यक्ष बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो ।
घडी पला अनुसार उत्तम साइतमा जमरा राखेको उहाँले बताउनु भयो । जमरा राखेपछि आजै देखी दैनिक विषेश पुजा सुरु गरिएको नगर सदस्य नगेन्द्र भट्टराईले बताउनु भयो । आज सामुहिक रुपमा राखिएको जमरा फुलपातीका दिन फुलपाती बढाईं गर्दै भित्र्याएर नवमीको दिन घर घरमा लगी प्रसादिको रुपमा ग्रहण गरिने उहाँले बताउनु भयो । उता झापाको कमल गाउँपालिका ३ स्थित केराधापमा दुर्गा पुजा आयोजक मुल समारोह समितिको आयोजनामा दुर्गा भगवतिको मुर्ति प्रतिस्थापन गरेको छ ।
केराधाप युवा समुहको आयोजनामा भएको सो कार्यक्रममा घटस्थापना का दिन देखी नवमी सम्म दैनिक रुपमा दुर्गा पुजा गरीनुका साथै विभिन्न कार्यक्रम गरीने मुल समारोह समितिका प्रचारप्रसार संयोजक सुर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै झापाकै गौरादह नगरपालिका ८ स्थित जुरोपानिमा पनि सामुहिक दुर्गा पुजा सुरु गरिएको छ । बडादशैंको अवसरमा प्रत्येक वर्ष लगाईदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तरता दिएको पुजा समितिका संयोजक भुमिराज राजवंशीले बताउनुभयो । अरुणोदय प्राविको प्राङगणमा मन्दिर निर्माण गरि लगाइएको दुर्गा पुजामा प्रत्येक दिन भजन किर्तन गरिने, दुर्गा चरित्र नाटक मञ्चन गरिने आयोजकले जनाएको छ ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...