Home / खेलकुद़़ / कचनकवल प्रिमियर लिगमा केचना लायन्स र चन्द्रसुर्य बिजयी

कचनकवल प्रिमियर लिगमा केचना लायन्स र चन्द्रसुर्य बिजयी

सप्तरंगी एफएम / कचनकवल / २५ असोज २०७५

झपाको कचनकवल गाउँपालिकामा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको खेलमा केचना लायन्स र चन्द्र सुर्य क्रिकेट क्लबले आ -आफ्नो खेल जितेका छन् l

केचानाले दल्कि क्रिकेट क्लबलाई ४२ रनले र चन्द्रसुर्यले महेन्द्र क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको हो l

१२ ओभरमा घटाइएको खेलमा पुरै ओभर खेल्दै केचानाले १३१ रन बनाएको थियो , १३२ रन पछ्याएको दल्कीले निर्धारित ओभरमा मात्र ८९ रन बनाउन सक्यो l

आजै भएको दोश्रो खेलमा चन्द्रसुर्यले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याएको महेन्द्रले ८४ रनमै अल आउट हुँदा ३ रनको हार व्यहोरेको हो l

आगामी कत्तिक १ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार र ट्रफी , उपविजेता टिमले नगद ८ हजार र ट्रफी प्राप्त गर्ने आयोजक आदर्श क्रिकेट क्लबका सल्लाहकार गोपाल पाठकले जानकारी दिनुभयो

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...