सप्तरङ्गी एफ.एम. दमक/असोज २५/
राष्ट्रिय महिला सशत्तिकरण संस्थाको आज गौरीगंजमा केन्द्रीय कार्यालय स्थापना भएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिपुर्वक रिवनकाटी कार्यालयको उद्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष श्रेष्ठले महिला सशक्तीकरणमा संस्थाले गौरीगंजमा अग्रणी भुमिका खेलेको भन्दै कार्यालय स्थापनाले यस भेगको मात्रैै नभयी समग्र क्षेत्रका पछाडि परेका सिमान्तकृत महिलाहरूलाई समेटि अगाडि बढ्ने विश्वास लिएको बताउनुभयो । प्रमुख अतिथि श्रेष्ठले संस्थाको विकासको लागि स्थानिय सरकारले जहिल्यै साथ र सहयोग दिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले संस्थाका क्रियाकलाप पारदर्शी र जिम्मेवारी तरिकाले सञ्चालन गरि सिमान्तकृत, आदिवासी, दलित वा खस आर्य सबै समुदायका पछाडि परेका महिलालाई समेटि अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं ४ का अध्यक्ष कुलप्रसाद गिरी, कार्यपालिका सदस्य राधा अधिकारी,महिला तथा बालविकास शाखा गौरीगंजकी प्रमुख शुस्मा कोईराला, नोना चम्लागाईलगायतले बोल्नु भएको थियो ।
राष्ट्रिय महिला सशक्तीकरण संस्थाकि केन्द्रीय अध्यक्ष फुलबती राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य लिलादेवी गन्गाई, रमकुमारी विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।
