Home / कला/साहित्य / नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार

नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/
घटष्थापनाको दिन देखी देशै भर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको जानकारी दिनुभयो । दमकका दुवै वटा हलमा प्रदर्शन भैरहेको चलचित्र दैनिक रात्रिकालिन शो समेत सञ्चालन भैरहेको छ ।
दैनिक तिनवटै शोमा दर्शकहरुको उत्तिकै सहभागीता रहेको चलचित्र बितरक बरालले बताउनु भयो । अहिले बिदा समेत नभएको समयमा पनि सफल ब्यापार गरेको चलचित्रले भोली देखी झन ब्यापार बढाउने उहाँले बताउनु भयो ।
दीपाश्री निरौलाले निर्देशन गरेको चचित्र छक्का पन्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल लागयतका हास्यकलाकारहरुको जम्बो टोलीसहित दीपिका प्रसाईं, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...