Home / ट्रेन्डिङ्ग / मेचि सहकारीद्वारा जेष्ठ सदस्य सम्मान र भ्रमण

मेचि सहकारीद्वारा जेष्ठ सदस्य सम्मान र भ्रमण

सप्तरङ्गी एफ.एम. दमक/असोज २६, २०७५

दमकमा रहेको मेची सहकारी संस्थाले  सहकारीका ६५ बर्ष माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रबार दमक ६ स्थित सहकारिकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको ब्यवस्थपक खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

कर्यक्रममा सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई र उपाध्यक्ष गीता कुँवरले खादा ओढाएर साथै मायाको चिनो स्वरूप लौरो र दशैँ खर्च प्रदान गरेर सम्मान गर्नुभएको ब्यवस्थापक बगालेले बताउनुभयो ।

त्यसैगरी सहकारीले सम्मानित जेष्ठ सदस्यहरुलाई शुक्रबार नै  अवलोकन भ्रमण समेत गराएको छ । संस्थाका कोषाध्यक्ष पदम थापाको  नेतृत्वमा गएको जेष्ठ सदस्य सहितको ८० जनाको टोलिले कोशीटप्पु, बिष्णुपादुका, सकडादेवी मन्दिर, चतारा धाम लगायतका स्थानको अवलोकन भ्रमण गरेको  सहकारीका सचिव लक्ष्मी प्रसाद दहालले जानकारी दिनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...